सहकारीको अनुगमन प्रतिवेदन मिडियामार्फत सार्वजनिक गरिने
काठमाडौं, २० बैशाख
सहकारी संघ/संस्थाको अनुगमन प्रतिवेदन सार्वजनिक गरिने सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले बताएका छन् ।

डा. टोकराज पाण्डे,
रजिष्ट्रार
सहकारी विभागले गरेको अनुगमनमा देखिएको कमी कमजोरी सुधार नगर्ने सहकारी संघ÷संस्थाको प्रतिवेदन मिडियामार्फत सार्वजनिक गरिने बताए । मिडियामार्फत सार्वजनिक गर्दा सुधार गर्न प्रेसर हुनेभएकाले सहकारी विभाग सार्वजिकिन गर्न तयार रहेको बताए ।
शुक्रबार भएको नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको सहयोगमा ‘सहकारी वित्तीय विवरण’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै जिष्ट्रार डा. पाण्डेले भने, ‘समयमै नियामक निकायले सहकारीको अनुगमन र सहकारी अभियानले समयमै विचार गरेको भए आज यो अवस्था आउने थिएन ।’
पछिल्लो समय सहकारीमा देखिएको समस्या चुनौतीको रुपमा देखा परेका र संकट ग्रस्त सहकारीको समस्याले सबै क्षेत्रलाई असर गरेको उनको भनाई छ ।
‘यो वा त्यो निकायको कारणले समस्या आएको हो भनेर कुनै निकाय उम्कन नखोजे हुन्छ’, उनले भने, ‘अबको दिनमा कुनै पनि समस्या आउन नदिन सबै एकजुट भएर लाग्नु पर्दछ ।’
जागिर लम्बाउनेभन्दा पनि समस्यालाई जरैदेखि उखेल्नु पर्दछ, यसको एउटै विकल्प भनेको समयमै अनुगमन रहेको उनको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार