छायाँनाथ साकोसको उदाहरणीय काम, मुनाफा मात्रै २६ लाख

मुगु, १ पुस
मुगु जिल्लाको सदरमुकाम गमगढी स्थित छायाँनाथ बचत तथा ऋण सहकारी संस्था (छायाँनाथ साकोस)ले आर्थिक बर्ष २०७४/०७५ २६ लाख मुनाफा आर्जन गरेको छ ।
शनिबार भएको सहकारीको चौथो साधारण सभामा संस्थाका अध्यक्ष भुपेन्द्रबहादुर मल्लले प्रस्तुत गरेको बाषर््िाक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले २६ लाख मुनाफा आर्जन गर्न सफल भएको बताए ।
संस्थाको सेयर ६१ लाख ५२ हजार ५ सय, बचत ९ करोड ३६ लाख ९६ हजार ५ सय २०, लगानीे ११ करोड ६४ लाख ५३ हजार ४० रुपयाँ रहेको छ ।
यस अर्थिक वर्षमा सहकारीले जीवन तथा आवास कार्यक्रम अन्तरगत आगलागी १६ जना, मृत्यु संस्कार ६ जना, सुत्केरी पोषण सहयोग २ सय ९१ जना, सदस्यका छोरा छोरी मृत्यु सस्कार सहयोग १७ज नालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
सहकारीले २ हजार ८ सय सदस्यलाई नुहाउने र लुगाधुने सावुन, २ हजार २ सय सदस्यलाई ब्रस, टुटपेष्ट वितरण गरिएको छ । ६ हजार ३ सय २७ सदस्यलाई वित्तीय साक्षरता ४ हजार १ सय ३९ सदस्यलाई हिमालय फाउण्डेसन र शिक्षण अस्पताल महाराजगंजको सहकार्यमा सामान्य चेकजाच, मुटुरोग, स्त्रीरोग, हाडजोर्नी, नाक,कान, घाँटी, दात तथा सल्यक्रिया सेवा दिईएको छ ।
सहकारीले १० हजार सदस्य पुगेको खुशीयालीमा उत्सव मनाउने र सहकारी तथा वित्तिय क्षेत्रमा कलम चलाउने १ जना संचारकर्मीलाई साधारण सभामा सम्मान गर्ने निर्णय गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार