१७ वैशाख २०८३, बिहिबार

केबी उप्रेतीलाई पोखरामा सम्मान

२०७५ मंसिर २९, शनिवार
केबी उप्रेतीलाई पोखरामा सम्मान

kb sir pokhara sammman

पोखरा, २९ मंसिर

सहकारी बैंकका प्रबन्ध संचालक केबी उप्रेती पोखरामा सम्मानित भएका छन् ।

कास्की बचत तथा ऋण सहकारी संघ लि. को १८ औं वार्षिक साधारण सभाबाट उप्रेती सम्मानित भएका हुन् ।

हालै भारतमा सम्पन्न एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजालको साधारण सभाबाट कार्यकारी समितिको उपाध्यक्षमा निर्वाचित भएको र एशिया प्यासिफिक क्षेत्रमा कृषि सहकारीको विकास र विस्तारमा उल्लेखनीय भूमिका प्रदान गर्न सफल हुने विश्वासका साथ उनलाई सम्मान गरिएको हो ।

उप्रेती साधारणसभाको प्रमुख अतिथी समेत रहेका थिए ।

अभिलेख

लोकप्रिय