१७ वैशाख २०८३, बिहिबार

सहकारी बैंकको चुनावी साधारणसभा पुस तेस्रो साता

२०७५ कात्तिक १६, शुक्रबार
सहकारी बैंकको चुनावी साधारणसभा पुस तेस्रो साता

bdd

ललितपुर, १६ कात्तिक

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा आगामी पुसको तेस्रो साता काठमाडौंमा हुने भएको छ ।

बैंक सञ्चालक समितिको शुक्रवार सम्पन्न वैठकले बैंकको १५ औं वार्षिक साधारणसभा ०७५ पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले साधारणसभा सम्पन्न गर्नका लागि व्यवस्थापनलाई आवश्यक तयारी गर्न तथा देशभरका सबै सेयर सदस्य संघ संस्थाहरुका प्रतिनिधिहरुलाई जानकारी गराउन आग्रह गरेको छ ।
बैंकको साधारणसभामा देशभरका सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहनेछ । साधारणसभाले गत आर्थिक वर्षको वित्तीय लगायत सम्पूर्ण कारोबारको अनुमोदनका साथै चालु आर्थिक वर्षको योजना समेत पारित गर्नुका साथै बैंकको सञ्चालक र समिति र लेखा समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

बैंकमा हाल १० हजार २ सय १२ वटा सहकारी संघ संस्था सदस्य रहेका छन् । वार्षिक साधारणसभाको निर्णय भएपछि सदस्य बन्न नपाइने व्यवस्था सहकारी बैंकको विनियममा रहेको प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।

बैंकमा हालसम्म १ अर्ब १५ करोड ४५ लाख शेयर पूँजि, १९ अर्ब, ८७ करोड, ८१ लख निक्षेप र १३ अर्ब ७० करोड ९५ लाख कर्जा लगानी रहेको छ । बैंकले आफ्ना शेयर सदस्य संघ संस्थाहरुलाई २०७३÷०७४ मा १४ प्रतिशत लाभांश दिएको थियो । आ.व.२०७४÷०७५ को कारोबारबाट १५ प्रतिशत लाभांश दिने तयारी गरिएको प्रवन्ध सञ्चालक उप्रेतीले जानकारी दिए ।

४४ वटा शाखा र केन्द्रीय कार्यालयमार्फत सहकारी संघ संस्थाहरुलाई वित्तीय सेवाका साथै सहकारी प्रवद्र्धनका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको सहकारी बैंकले प्रदेश स्तरीय कार्यालय सञ्चालन गर्ने निर्णय गरी प्रक्रिया अगाडि बढाएको छ ।

अभिलेख

लोकप्रिय