१५ भदौ २०८३, सोमबार

स्थानीय, प्रदेश र संघीय सरकारलाई सहकारी मैत्री बनाउनका लविङ गर्न सहकारीकर्मीलाई बडालको आग्रह

२०७५ असोज १४, आईतवार
स्थानीय, प्रदेश र संघीय सरकारलाई सहकारी मैत्री बनाउनका लविङ गर्न सहकारीकर्मीलाई बडालको आग्रह

सो अन्तक्रिया तालिम कार्यक्रममा ५० करोडभन्दा बढि कारोबार गर्ने सहकारीहरुका व्यवस्थापक तथा कर्मचारीको उपस्थिति रहेको छ । तालिम १५ असोजसम्म संचालन हुने छ । सो अवसरमा कोपोमिसको प्रयोग विधिको जानकारी दिदै प्रयोगकर्ता नाम र पासवर्ड प्रदान गर्ने कार्यक्रम छ । हालसम्म ३२ हजार ३४२ संघ÷संस्थाको साविकको दर्ता विवरण कोपोमिसमा दाखिला भइसकेको बताइएको छ । नियामक निकायलाई समेत यसले सहयोग पुग्ने देखिन्छ । यसले स्थानीय र प्रदेश सरकारलाई आफू मातहतका सहकारीको जानकारी प्राप्त हुने र सहकारीको नियमन,अनुगमन र सुपरिवेक्षण सुचना प्रविधिको माध्यमबाट गर्न सकिने अवस्था सिर्जना भएको बताइएको छ ।

काठमाडौं, १४ असोज । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालले स्थानीय, प्रदेश र संघिय सरकारलाई सहकारी मैत्री बनाउनका लागि सहकारीकर्मीले आ–आफ्नो क्षेत्रबाट लविङमा केन्द्रित हुन आग्रह गरेका छन् ।

उनले आइतबार सहकारी विभागले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीसँग भएको एकीकृत व्यवस्थापन सुचना प्रणाली(कोपोमिस) सम्बन्धी अन्तक्रिया तालिम कार्यक्रममा सम्बोधन गर्दै सो अभिव्यक्ति दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि बडालले भने,‘२०७५ को चैत २० गतेसम्मको सहकारी अगुवा साथीहरुको मुख्य काम नै लविङ गर्नु हो । यी ७५३ वटै स्थानीय सरकार र सातवटै प्रदेश सरकारलाई सहकारी मैत्री बनाउनका लागि जिम्मेवारी लिन समेत अनुरोध गर्दछु ।’ उनले सहकारीमा दक्ष जनशक्ति हुन आवश्यक रहेको बताए । । कोपोमिसमार्फत सहकारीको डाटा संकलनमा सहज हुने र यसको योगदान प्रष्ट हुने बताए ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार केशव रेग्मीले सहकारीको उपलब्धी देखाउनका लागि कोपोमिसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।‘यो क्षेत्रको भविश्य कोपोमिससँग जोडिएको छ । अब सहकारीका कर्मचारीले प्रतिवेदनका लागि दिन रात खट्नुपर्दैन । यसले सहज बनाइदिएको छ । ’ उनले सो अवसरमा व्यक्तिगत रुपमा गोप्य राखिने डाटाहरु यसमा इन्ट्रि गर्नुनपर्ने बनाइएको समेत जानकारी दिए। सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य उपेन्द्र ढुंगानाले मन्त्रालयले मेगा प्रोजेक्टका रुपमा कोपोमिसलाई लिएकै कारण यसले सार्थकता पाएको बताए । राष्ट्रिय सहकारी महासंघका संचालक तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि(नेफ्स्कून)का महासचिव चन्द्र ढकालले सहकारीको एकिकरणलाई फोकस गर्नुपर्ने बताए । उनले सहकारीमा कोपोमिसबाट स्वनियम हुने बताए ।

सो कार्यक्रममा केन्द्रीय तरकारी तथा फलफुल सहकारी संघ लिका अध्यक्ष विनोद पराजुलीले कोपोमिसको प्रयोगपछि सहकारीको बदलिदो अवस्थाको तत्काल जानकारी हुने बताए । नेपाल मौरीपालान केन्द्रीय सहकारी संघ लिका अध्यक्ष अर्जुन पोखरेलले सहकारी क्षेत्रको उत्पादन र यसको योगदानको जानकारी दिनका लागि सूचना प्रविधिको प्रयोग आवश्यक रहेको औल्याए । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष दिपराज पौडेलले कोपामिसमार्फत सहकारीले नयाँ उचाई प्राप्त गर्ने बताए । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का महासचिव माधवप्रसाद तिमल्सिनाले देशभरिका सहकारीको डाटा संकलनमा कोपोमिसले योगदान दिने र सहकारीमा सुधार गर्नुपर्ने कुरामा ध्यान पु¥याउन सकिने अवस्था सिर्जना हुने बताए ।

अभिलेख

लोकप्रिय