सुयोग्य साकोस अब आफ्नै भवनमा

काठमाडौं, १२ असोज । कोटेश्वरस्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
शुक्रवारका एक कार्यक्रमको बीच राष्टिय सहकारी महासंघका अध्यक्ष केशव वडालले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा अध्यक्ष वडालले सुयोग्य साकोसले नाम अनुसारको काम गरेको बताए ।
भवन निर्माणका अवसरमा संस्थाका अध्यक्ष चित्रा कुमारी थाम्सुहांड सुव्वाले शुरुवातदेखि नै मितव्ययीपूर्ण रुपमा संस्था संचालन गरी आज आफ्नै भवन निर्माण गर्न सफल भएको बताईन । वि.सं. २०६७ सालमा ३ आना १ पैसा जग्गा खरिद गरी भवन निर्माणका लागि संचालक समितिले भवन निर्माण कोष खडा गरी प्रत्येक संचालकले ५ हजार भन्दा माथि रकम कोषमा जम्मा गरी शुरुवात भएको र संस्थाका हरेक क्रियाकलापमा सदस्यबाट शुल्क लिई उक्त रकम भवन निर्माण कोष जम्मा गदै हाल २६ लाख ४ हजार ८ सय ३० पुगेको र संस्थाको जगेडा कोषको रकम ५७ लाख ३१ हजार ८७ गरी जम्मा रकम ८३ लाख ३५ हजार ९ सय १७ बाट भवन निर्माण गरिएको जानकारी गराए । साथै संस्थाले सदैव सहकारीका मूल्य, मान्यता, सिद्धान्त अनुरुप संचालन गर्दै आएको हुदा सदस्यहरुको विश्वास जित्न सकेको र भवन निर्माण गर्न सफल भएकोे अध्यक्ष सुव्वाले बताईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार