धेरै सहकारी कम्पनीको रुपमा चलेका छन्ः सचिव मैनाली

काठमाडौं, ३ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले धेरै सहकारीहरु कम्पनीका रुपमा चलेको बताएका छन् । उनले भने, ‘सहकारी एनजिओ र आइएनजिओ जस्ता पनि भएका छन् ।’ रोयल वहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभामा बोल्दै सचिव मैनालीले भने, ‘धेरै सहकारीहरुले सहकारी मूल्य मान्यता पालना गरेका छैनन । कम्पनीका रुपमा चलेका छन् । दसहकारी साहुकारी भएका छन् । केही सहकारीले सदस्यलाई थुन्ने जेलकोठा पनि बनाएका छन् ।’
सचिव मैनालीले आर्थिक विकासका लागि निजी, सहकारी र सार्वजनिक तीनवटा बलिया खम्वा नभई सम्विधानमा तीनवटा क्षेत्रको भूमीका मात्र उल्लेख गरेको दाबी गरे । सहकारी बिस्तारको क्रममा भएकोले निजीक्षेत्र जस्तै बलियो वन्न सहकारीले पनि साना साना सिप र सम्भावनाहरुलाई उपयोग गरेर सम्वृद्ध नेपाल वनाउनको लागि अघी वढ्नुपर्ने वताउनु भयो । यसमा राज्यको भूमिकाको अपेक्षा विनानै सहकारीले आत्म निर्भर र अनुसाशित भएर अघी वढ्नुपर्ने उहाँको भनाई थियो । उहाँले ‘वर्तमान सहकारी ऐनले सहकारीलाई व्यवस्थित गर्न धेरै प्रावधानहरु ल्याएको हुनाले सहकारीको लगानीको क्षेत्र पनि प्रष्ट तोकीदिएको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो, ऐनले सहकारीलार्ई सहकारी’ वनाउन खोजेको हो’ ।
स्थानीय तीनवटै तहमा सहकारीलाई व्यवस्थित गर्ने मूख्य जिम्मेवारी गएको हुनाले यसलाई प्रवद्र्धन र विकासका लागि स्थानीयतहले भूमिका खेल्नु पर्ने बताए । संस्थाले सदस्य शिक्षामा जोड दिनु पर्ने र सदस्य जागरुक हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सहकारीले नहुने वर्ग र हुने वर्गलाई जोड्ने काम गरेर नहुने वर्गलाई हुनेखाने बनाउन योगदान गरेको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भानुभक्त ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव सिताराम काफ्लेले संस्थाको आगामी कार्य तथा योजना वारेमा जानकारी गराउनु भएको थियो भने कोषाध्यक्ष कृष्णकुमार मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष मगरले संस्थाले आव ०७४÷०७५ मा ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया शेयर पूँजी तथा ४९ करोड ८८ लाख ९५ हजार ९ सय ५ रुपैंया बचत संकलन गरेको जानकारी दिएका छ भने संस्थाले ५१ करोड ४४ लाख ३२ हजार १ सय २७ रुपैंया ऋण लगानी गरेको सभामा जानकारी दिनु भयो । संस्थाले सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गर्ने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार