१७ वैशाख २०८३, बिहिबार

सिवाईसी साकोसले सुरु गर्यो विहानी सेवा

२०७५ भदौ ३०, शनिवार
सिवाईसी साकोसले सुरु गर्यो विहानी सेवा

_MG_0216

बागलुङ ।

फरक कामहरु गरी सहकारी अभियानमा आफ्नो छुट्टै पहिचान बनाईरहेको बागलुङ जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले शनिवार देखि आफ्नो केन्द्रिय कार्यालय बागलुङ बजारमार्फत प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ ।

सहकारीले सदस्यहरुको आवश्यकता र चाहानाई मध्येनजर गर्दै र आफ्ना सेवाहरुलाई विस्तार गर्ने क्रममा केन्द्रिय कार्यालयबाट प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको हो । सहकारीले यस पूर्व नै ३६५ दिने काउण्टर सेवा सञ्चालनमा ल्याइरहेको छ । संस्थाका अनुसार प्रभातकालीन काउण्टर सेवा आईतावारदेखि शुक्रबारसम्म (विदाको दिन बाहेक) बिहाना ७ बजेबाट सुरुवात हुनेछ । सदस्यहरुलाई यस सेवा अन्तर्गत बचत संकलन र चेकको भुक्तानी सेवा प्राप्त गर्नेछन् ।

संस्थाले दिएको जानकारी अनुसार हाललाई केन्द्रिय कार्यालयबाट सुरु भएको काउण्टर सेवा सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा संस्थाका सदस्य सेवाकेन्द्रहरुमा समेत सञ्चालनमा ल्याईने जनाएको छ ।

संस्थाको यहि भाद्र १६ गते सम्पन्न नवौं बार्षिक साधारण सभाको निर्णय सार्वजनीकीकरण कार्यक्रमको अवसर पारी आयोजना गरिएको बिहानी सेवाको उद्घाटन संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी र जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतमले संयुक्त रुपमा रिवन काटेर गरेका हुन् । बिहानी सेवा सुभारम्भ पश्चात् सुरुवात भएको निर्णय सार्वजनीकीकरण कार्यक्रमको उद्घाटन जैमीनी नगरपालीकाका प्रमुख एवं संस्थाका शेयर सदस्य ईन्द्रराज पौडेलले गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथी पौडेलले सहकारीमार्फत नै देशको समृद्धि सम्भव रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी., जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, सल्लाहाकार देववहादुर श्रेष्ठ, जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहाकार गंगा भुजेल, बागलुङ सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, सदस्य सेवाकेन्द्रहरुको तर्फवाट बाटाकाचौर सदस्य सेवाकेन्द्रका संयोजक मदनवहादुर कार्की, परामर्शदाताहरुको तर्फवाट क्या. पदमवहादुर श्रीस राना, नयाँ शेयर सदस्यहरुको तर्फवाट लक्ष्मीकान्त शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अभिलेख

लोकप्रिय