सहकारीको तिज विशेष दरले दुई सयलाई अस्पताल पुर्यायो

बनेपा : काभ्रेको पाचँखाल नगरपालिका १२ स्थित तीनघरेमा दर खाएका दुई सय जना भन्दा बढी महिला तथा बालबालिका फुड पोइजन भएर अस्पताल भर्ना भएका छन् । शुक्रबार ग्रामीण स्वावलम्वन बहुउदेश्य सहकारी संस्थाको आयोजनामा तिज विशेष दर कार्यक्रममा दर खाएका महिला तथा बालबालिका शनिबार बिहानदेखि बिरामी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दरमा पुलाउ, पनिर, केराउ, मुला गाजरको अचार र पानी खाएका महिला तथा बालबालिका झाडाबान्ता लागेर अस्पताल भर्ना भएका जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिए । टाउको दुख्ने, झाडाबान्ता, टाउको–पेट दुख्ने लगायतका समस्या हुन थालेसँगै उपचारका लागि धुलिखेलमा ७५, पाँचखालमा ३०, शिरमेमोरीयल अस्पतालमा २६, बनेपा करुणा अस्पतालमा १०, रानीपानीमा २५ र काठमाडौंमा ३३ जना रिफर भएका छन् । र गम्भीर बिरामिमध्ये ३ जना आईसियुमा रहेको खड्काले जानकारी दिए ।
बिरामी भएको महिला बालबालिका र पुरुषहरुलाई एम्बुलेन्स र प्रहरीले गाडीको व्यवस्थापन गरेर उपचारका लागि स्थानीयको सहयोगमा धुलिखेल र बनेपाको अस्पतालमा उपचार गर्न पुर्याएको थियो । फुड पोइजनका बारेमा थप अनुसन्धान गर्न प्रहरीले खानेकुरा, पानी परीक्षणका लागि लगेको छ।
राति दश बजेदेखि दर खाएका महिला तथा बालबालिकाहरु बिरामी पर्न थालेका स्थानीय नमिन दनुवारले जानकारी दिए । कार्यक्रमा उपस्थित संस्थाका अध्यक्ष भैरव सेराई र प्रमुख अतिथि समेत बिरामी भई अस्पताल भर्ना भएका छन् । दर कार्यक्रममा चार सय भन्दा बढी सहभागी रहेको र अझै बिरामी संख्या बढ्न सक्ने एसपी खड्काले जानकारी दिए ।
समाचार र तस्बिर : अन्नपूर्ण पोस्ट् डटकम
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार