२२ कात्तिक २०८३, आईतवार

उपासनामहिला सहकारी ७ औं वर्षमा प्रवेश

२०७३ साउन ६, बिहिबार
उपासनामहिला सहकारी ७ औं वर्षमा प्रवेश

upasana

काठमाडौं । सितापाइला स्थित उपासनामहिला बचत तथा ऋण सहकारी संस्था ७ औं वर्षमा प्रवेश गरेको छ । २०६६ साउन ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई कारोबार सुभारम्भ गरेको यस संस्थाले छोटो समयमै सफल सहकारीको परिचय दिन सफल भएको छ ।

२९ जना सदस्यबाट ५ लाख सेयर पूँजीबाट सुरु गरिएको यस संस्थामा हाल ३५ सय सदस्य पुगेको छ । २०७३ असार मसान्त सम्म संस्थाको सेयर पूँजी ७३ लाख ४७ हजार र कुल कारोबार ५ करोड ७० लाख रहेको छ । संस्थाले सदस्यहरुलाई सरल कर्जा लगानी, बचत संकलन र उद्यम तथा व्यवसाय प्रवद्र्धनमा प्रभावकारी ढंगले काम गरिरहेको छ । सदस्यहरुलाई वित्तिय सेवा अलावा सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ ।

संघर्ष, लगाव, लगान र समर्पणले संस्थालाई यो स्थान सम्म ल्याउन सफल भएको संस्थाका अध्यक्ष अमरावती महर्जन बताउँछिन् । संस्थाको सेवालाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने उनी बताउँछिन् ।

स्थापना दिवसको अवसरमा संस्थाले संचालक समिति, लेखा समिति, विभिन्न उप समिति तथा सदस्यहरुलाई संस्था प्रति जिम्मेवारी वोध गराउन तालिमको आयोजना गरेको छ ।

प्रकाशित मिति: २०७४ साउन ६ गते

याे पनि पढ्नुस्, संस्थाका अध्यक्ष अमरावती मर्हजन संगकाे अन्तर्वार्ता

‘सहकारी मेरो पहिलो पाठशाला हो’

अभिलेख

लोकप्रिय