१३ माघ २०८१, आईतवार

आशन ग्रहणको स्किम

२०७० चैत २१, शुक्रबार
आशन ग्रहणको स्किम

‘५० हजार रुपैयाँ भन्दाबढी सहयोग गर्नुहोस्, कार्यक्रमको अतिथिबन्नुहोस्’ योजना हो जिल्ला सहकारी संघ र डिभिजन सहकारी कार्यालय ललितपुरको । बाँचिरहे धेरैअनौठाकुरा देख्न र सुन्नपाईन्छभन्छन् होरहेछ । महायज्ञबाट अर्थ संकलनगर्न यस्तै सम्मानका योजना सुन्नपाइन्थ्यो, आजकाल सहकारीले पनि यसैलाई सिको गर्न थालेछन्  ।
अतिथी आशन ग्रहण जस्तो सम्मानजनक शव्द र कर्मलाई रकमसँग तुलना गरी गलतप्रयोग गर्दा विश्वको आठौं आश्चर्यझैं लाग्नु स्वभाविक नै हो । अझ आशनग्रहणको स्किमको लोभ देखाएर कार्यक्रमगर्ने वाहनामामोटो रकम असुल्न खोज्नु आश्चर्यजनक हैनत ?

खिला दाहाल

प्रसंग हो, ५७औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि जिल्ला सहकारी संघ, जिल्ल बचत तथाऋण सहकारी संघ र डिभिजन सहकारी कार्यालय ललितपुरले संयुक्त रुपमा जिल्लाका संस्थाहरुलाई प्रेसित पत्रको । अभिभावक निकाय र नियामक निकाय प्रमुख व्यतिmहरुले हस्ताक्षर गरेको पत्रमा सहयोगका आधारमाराष्ट्रिय दैनिकपत्रिकामा नामावली प्रकाशनगर्ने देखि लिएर कार्यक्रममा आशनग्रहण गराउनेसम्मको स्किमछ ।

अर्को अचम्मको कुरा त अधिकांश कार्यक्रमहरुमा सहकारीकाअभियान्ता र सरकारी निकाएका प्रतिनिधिविच हुने आशनग्रहणको तँछाडमँछाड यो स्किमपत्रमा चाही सहमती भएको देखिन्छ । कारण संस्थावाटआउनसक्ने मोटो रकमनैहोला । जे होस् सम्भावित रकमकै कारणभएपनिजिल्ला सहकारी संध,जिल्ला बचततथाऋणसहकारी संध र डिभिजन सहकारी कार्यालयललितपुरले सहकारी प्रवद्र्वनकालागि योगदानदिनखोजेको होला, ब्यवसायीक संस्थालेझै उपहार योजनाल्याएर । प्रश्नउठ्लाउपहार योजनाले फाईदा कसलाई छ ?स्किममा सहभागीहुने संस्थाका संचालक,सदस्यकिआयोजकलाई ? तर यो जान्नपनि जरुरी छ की सहकारी सदस्यकालागिहो ।

पैशाले किनेको सम्मान र आशनलेव्यतिmएकछिन्कालागिठूलो होला तर सहकारीमाव्यतिm हैन सदस्यलाई सम्मानदिलाउने शिक्षादिनु उचितहोला । अझै पनि सहकारीकाअगुवाहुनवा सहकारीकर्मीमामाला,खादा र आशनग्रहणको भूतउत्रनसकेको छैन् । स्किमअनुरुप कम्तिमा ५० हजार तिरेर किनेको आशनमा संचालकले गरेको आशनग्रहणले सदस्यको आर्थिक,सामाजिक र सांस्कृतिक उत्थान कहानेर कसरी हुन्छ?यसको जवाफदिने जिम्माउनै योजनाकारहरुको हो ।”हामिहरुलाई त नखाउभने दिनभरिको शिकार,खाउभने कान्छावाउको अनुहार जस्तो भएको छ,पत्रथमाएर गएकाछन् दिनैपर्छ भनेकाछन्” एक सहकारीकर्मीले भने । संघहरु सकृय भएको देखाउने निहुँमा संस्थाहरुलाई कतिमर्का हुनसक्छभन्ने हेक्कापनि राख्ने होकी ।

फुस्रो सम्मानकाभोका केहि ब्यतिmहरुको स्वार्थमाल्याएको स्किमले अहिले सम्म जोगाएर राखेको जिल्ला सहकारी संघको साख गुम्ने खतरा छ । प्रारम्भिक संस्थाहरु माथिको वारम्वारको आर्थिक भारले सहकारीनै संचालकका लागि निल्नुन ओकल्नु भएको छरे । उपलब्धि मूलककार्यक्रमको आशा गरेका सहकारीकर्मी ह्रुलाई आशनग्रहणको लोभ देखाउने र आफू कमाउने धन्दा त्यागेर नियामक निकाए र अभिभावक निकाएले जिम्मेवार अभिभावक वन्ने कोसिस गर्नेपो हो की !नियामक निकाय र सहकारी अभियान विचको यो सहकार्य काले काले मिलेर खाउभाले झै त होइन?

अभिलेख

लोकप्रिय