खेलकुद मन्त्री पुरुषोत्तम पौडेल सहकारीबाट अभिनन्दित
बारा, २५ फागुन । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल सिमरास्थित उनीआवद्ध हातेमालो बचत तथा ऋण सहकारी संस्थाबाट सम्मानित भएका छन् । संस्थाको सदस्य संविधानसभासद र मन्त्री बनेकोमा संस्थाका अध्यक्ष कृष्ण पौडेललगायत पदाधिकारीहरुले उनलाई सम्मान तथा अभिनन्दन गरेका हुन् ।
सम्मानपछि कार्यक्रममा बोल्दै मन्त्री पौडेलले युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याई सहकारीमैत्री बनाउन पहल कदमी लिई रहेको बताए । मुलुकको युवाशक्तिलाई स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशिलताको मूल प्रवाहमा समाहित नगरेसम्म नेपाली समाजको रुपान्तरण र समृद्धि सम्भव नहुने पौडेलले बताए । बारा निर्वाचन क्षेत्र नं. ६ का निर्वाचित सभासदसमेत रहेका पौडेलले युवाहरुको पक्षमा काम गर्नका लागि युवा परिषद बनाउने, युवा स्वरोजगारी र स्थानीय तहसम्म खेलकुद संरचना बनाउन क्रियाशिल रहेको बताए । समयमा सहकारीमैत्री संविधान, सुशासन र सामाजिक न्यायको लागि सरकार प्रतिवद्ध रहेको बताउँदै पौडेलले स्थानीय तहमा देखिएको सबैखाले समस्याहरुलाई हल गर्नका लागि स्थानीय निर्वाचन गर्न लागिएकोले यसको पक्षमा जुटन आग्रह गरे ।
हातेमालोको सदस्य नेपाल सरकारको मन्त्री बन्नु आफुहरुको गौरवको विषय भएको बताउँदै अध्यक्ष कृष्ण पौडेलले सहकारीमैत्री संविधान, कानून तथा नीतिहरु तर्जुमा एवम् युवाहरुलाई सहकारीमार्फत आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण र समृद्धिमा ल्याउने कार्यमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् ।
कार्यक्रममा जिल्लाका जेष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष शम्भु राम, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज त्रिपाठी, साना किसान कृषि सहकारी संस्था डुमरवानाका अध्यक्ष कृष्ण न्यौपाने, हातेमालोका उपाध्यक्ष विनोद कलवार, सचिव यज्ञ आले, सञ्चालक सीता गुरुङ, लेखा संयोजक डम्मरमणि थेवे लिम्वु र सदस्य आरडी साहलगायतको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार