३० असोज २०८३, शुक्रबार

सहकारी ठगीका १३ हजार उजुरी, आयोगको म्याद तिन महिना थप

२०७० फागुन ९, शुक्रबार
सहकारी ठगीका १३ हजार उजुरी, आयोगको म्याद तिन महिना थप

काजी श्रेष्ठ

काठमाडौं, ९ फागुन । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम गठन भएको बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानविन गर्न गठित जाँचबुझ आयोगमा हालसम्म १३ हजार बढी उजुरी परेको छ । वचतकर्ताले वचत रकम विभिन्न सहकारी संस्थाले फिर्ता नगरेको भनी उजुरी परेको आयोगले जनाएको छ । ती उजुरीहरु मध्ये ६ हजार ५ सय को सप्mटवेयरमा उतार्ने काम भइसकेको र बाँकी काम भईरहेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए ।

त्यस्तै समस्याग्रस्त सहकारी संस्था ७० वटा देखिएकोमा हाल अर्को १ थपिई ७१ पुगेको पनि आयोगले जनाएको छ । थप सहकारीमा क्रिष्टल बहुउद्देश्यीय सहकारी संस्था लि. कोटेश्वर, काठमाडौं रहेको र सो संस्थाका अध्यक्ष रामकुमार राई रहेको कार्कीले बताए । त्यस्तै आयोगमा हाजिर हुन आएका सहकारीका संचालक २९ रहेकोमा अर्को एक थपिई ३० हुन पुगेको र उक्त संस्था विश्वास वहुउद्देश्यीय सहकारी संस्था लि. कपन का सचिव मणिप्रसाद राई रहेको छ । उनी ६ फागुनमा आयोगमा हाजिर भए ।

आयोगको म्याद थप

आयोगको म्याद ३ महिनाको कार्यावधि तोकिएकोमा सो अवधिमा काम सम्पन्न नभएकाले पुनः तिन महिना म्याद थप भएको छ । २०७० मंसिर ७ गतेबाट काम शुरु गरेको आयोगको म्याद सकिएपछि नेपाल सरकार मन्त्रीपरिषद्को २०७ फागनु ६ गतेको निर्णयानुसार अर्को ३ तीन महिनाको लागि म्याद थप भएको हो ।

जोखिममा परेका वचतकर्ताको रकम फिर्ता गराउने र बुकिंगकर्तालाई हाउजिंग दिलाउने समेत तर्पm यस आयोग नेपाल सरकारको कार्यादेश बमोजिम सकृया रहेको आयोगका अध्यक्ष कार्कीले बताए ।

अभिलेख

लोकप्रिय