सहकारी पत्रकार समाजमा नयाँ नेतृत्व
काठमाडौं, माघ २९ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारीखबर डटकमका कार्यकारी सम्पादक डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्यो ।
त्यस्तै उपाध्यक्षमा काठमाडौं पोष्टका राजेश खनाल, सचिवमा वर्तमान सहकारी मासिकका खिलानाथ दाहाल, सहससचिवमा नेपाल समाचारपत्रका तुलसीराम सुवेदी, कोषाध्यक्षमा सौर्य दैनिकका काजी श्रेष्ठ, सदस्यमा डेमो खबरका शर्मिला ठकुरी र नेपाल पत्र साप्ताहिकका भवानीशंकर ढुंगेल चयन गरेको हो ।
साधारणसभामा बोल्दै सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारीको विकासका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने बताए । सहकारीले उत्पादन वृद्घि गर्नतर्फ ध्यान दिनुपर्ने र सञ्चारले सहकारीलाई सही ठाउँमा ल्याउन खबरदारी गनपर्ने उनले बताए । सहकारीका केन्द्रिय संघहरुले नियमन गर्न नसकेको र सरकारी नियमनलाई पनि सहयोग नगरेको रजिष्ट्रार न्यौपानेले बताए । सहकारी सुधार गर्न सरकारले मात्र नसक्ने र सहकारी नेतृत्वको अंहम भूमिका हुने उनको भनाइ थियो ।
‘सहकारी अनुशासित हुनुपर्ने हो तर अनुशासनहीन हुदैँ गएको छ’ उनले भने । त्यस्तै सूचना सहकारी केन्द्रिय संघका अध्यक्ष बिष्णुहरि ढकाललले सहकारीको विकासका लागि सञ्चारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष यादव हुमागाईले सहकारीले सञ्चारलाई चिन्न नसकेले सहकारी पछाडि परेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार