साकोस स्थानीय तथा ग्रामिण अर्थतन्त्रको सहजकर्ता
सिमरा, २४ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का सञ्चालक कृष्ण पौडेललले मुलुकभरका सहकारीहरु स्थानीय तथा ग्रामिण अर्थतन्त्रको सहजकर्ताको रुपमा स्थापित भएकोे बताएका छन् । मंगलबार सर्लाहीको रानीगञ्जस्थित जनहित बचत तथा ऋण सहकारी संघको छैठांै वार्षिक साधारणसभाको उदघाटन गर्दै पौडेलले उक्त कुरा बताएका हुन ।
सहकारीले समुदायको आर्थिक, सामाजिक एवम् सांस्कृतिक क्षमता अभिवृद्धि, एकता र समृद्धिको बाटो खोलेको बताउँदै पौडेलले समुदायमा आधारित र वित्तिय एवम् जोखिम व्यवस्थापन गर्न सके कुनै समस्या नआउने उनको भनाइ थियो ।वार्षिक साधारणसभामा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विष्णुमणि घिमिरे, नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य ध्रुव गौतम, एकीकृत माओवादीका गणेश थापा, रानीगञ्जका निवर्तमान गाविस अध्यक्ष रामबहादुर खडका, परवानीपुर गाविसका निवर्तमान अध्यक्ष हरि लुंगेलीलगायतले बोल्नु भएको थियो ।
संस्थाका अध्यक्ष चेतप्रसाद तिमल्सेनाको अध्यक्षता र सचिव विश्वमित्र रिजालको सञ्चालनमा सम्पन्न वार्षिक साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन सुझावसहित पारीत गरेको छ । संस्थाले ४०० सदस्यहरुवीच दुई करोडको कारोवार गरिरहेको छ ।
यो पनि पढ्नुस ।
उजुरी कम आएको भन्दै समय सीमा हटाइयो
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार