नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
कैलाली : नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी केशवराज मिश्रको प्यानललाई क्लीन स्वीप गर्दै पाठक ३१५ मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार पाठकले ४ हजार ७८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी मिश्रले ४ हजार ४६९ मत पाए । अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६४४ मत प्राप्त गरेका थिए ।
मिश्र प्यानल पूर्ण रूपमा पराजित भएको छ भने शाह प्यानलबाट एक जना सदस्य मात्रै विजयी भएका छन् । अधिकांश पदमा भने पाठक प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा उत्तम जोशी ४ हजार ३०३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी ईश्वरप्रसाद जोशीले ३ हजार ९०४ तथा उपेन्द्र विष्टले ३ हजार १९५ मत प्राप्त गरेका छन् ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी ५ हजार १७२ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी चेतराज जोशीले ५ हजार ३३ मत प्राप्त गरेका थिए । समितिको सदस्यमा खेमराज पाठक (६ हजार ४३) र गणेशप्रसाद पाध्याय (४ हजार ५५९) निर्वाचित भएका छन् ।
कार्य समितिको ७ सदस्य पदमध्ये ४ जना पाठक प्यानलका, २ जना स्वतन्त्र र १ जना शाह प्यानलका उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार केशवराज जोशी सर्वाधिक ५ हजार १४३ मतसहित सदस्यमा निर्वाचित भए ।
यस्तै, सदस्यमा कोपिला कुँवर (४११२), गणेश बम (३४२६), जयराज जोशी (३२८०), लक्ष्मीराज पन्त (३२७६), खेमराज पाण्डेय (३१३२) र दिर्घबहादुर शाह (३११८) विजयी भएका छन् ।
४० हजार ८१४ शेयर सदस्य रहेको सहकारीको शनिबार सम्पन्न निर्वाचनमा १५ हजार २४१ मत खसेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार
सहकारी क्षेत्रमै न्यून ब्याजदरमा मनकामना साकोसको ऋण योजना
८ जेष्ठ २०८३, शुक्रबार