लघुउद्यम विकास कार्यक्रमको सहकारी अभियान

इटहरी, ९ पुस । अष्ट्रेलियन सहयोग नियोग र युएनडिपीको आर्थिक सहयोगमा सुनसरीका विभिन्न गाविसमा लघुउद्यम सहकारी सञ्चालन भएका छन् ।
कार्यक्रम सञ्चालन भएको छोटो अवधिमा नै जिल्लाको ४८ गाविसमध्ये ३३ गाविस र तीन नगरपालिकाको गरिबी न्यूनीकरणमा केन्द्रित रहेर लुघ उद्यमशीलता कार्यक्रममार्फत उद्यम सिकाउ हातमा सीप दिएर महिलालाई क्रियाशील बनाउने काम भइरहेको छ ।
जिल्लाको महेन्द्रनगरमा आभा लघुउद्यमी बचत तथा ऋण सहकारी संस्थाले मासिक बचतसँगै आफ्ना सेयर सदस्यलाई उचित ब्याजदरमा ऋण परिचालन गर्दै आएको सो सहकारीकी व्यवस्थापक निर्मलादेवी घिमिरेले जानकारी दिनुभएको छ ।
विशेषगरी उद्यमशीलताको विकासमा जोड दिएर समूह निर्माण गर्दै सोही समूहलाई आयआर्जनसम्बन्धी सीपमूलक र स्वरोजगार सिर्जना गर्ने तालिम दिएर दक्ष बनाउनु लघुउद्यम विकास कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम अधिकृत राजकुमार राई बताउनुहुन्छ ।
लघुउद्यम विकास कार्यक्रममा सहभागी भएकाकै सक्रियतामा जिल्लाको नौ स्थानमा सहकारी संस्था विधिवत् दर्ता गरेर सञ्चालनमा ल्याउने कार्य भइसकेको राईले जानकारी दिनुभयो ।
लघुउद्यम विकास कार्यक्रमले विष्णुपादुका गाविसमा बेसार उत्पादन प्रशोधन र बिक्री गर्ने उद्देश्यले सहकारी संस्था सञ्चालनमा ल्याएको छ ।
लघुउद्यम विकास कार्यक्रमले हालसम्म जिल्लाको कार्यक्रम सञ्चालित गाविस र नगरपालिकाका दुई हजार ४०० महिला तथा पुरुषलाई तालिम दिई सकेको छ । तालिम प्राप्त गरिसकेकालाई ३७५ वटा समूहमा आबद्धता गराउने कार्य पनि सम्पन्न भइसकेको छ ।
आभाले स्थापना भएदेखि नै गाउँघरमा राम्ररीसेवा दिन थालेको आभाका पूर्व व्यवस्थापक नरनाथ चौलागाईंले बताउनुभएको छ । करोडाँैको कारोबार गर्न सफल भइसकेका लघुउद्यम विकास कार्यक्रममा समेटिएका सहकारीमध्ये कोसी बाढी प्रभावित क्षेत्रका हरिपुर र श्रीपुर गाविसमा एकएक वटा तरकारीजन्य वस्तु सङ्कलन प्रशोधन बजार प्रवद्र्धन गर्ने सहकारी संस्था क्रियाशील रहेका छन् ।
अभिलेख
लोकप्रिय

राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts

पोखरा रोयल सहकारीको २४औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: रुद्रकुमारी गुरुङ्ग
९ आश्विन २०८२, बिहीबार
कोटेश्वर प्रहरी कार्यालयलाई सुयोग्य सहकारीको सहयोग
९ आश्विन २०८२, बिहीबार
चन्द्रागिरि साकोसको सदस्य शिक्षा तथा विस्तारित भेला गोदावरीमा सम्पन्न
७ आश्विन २०८२, मंगलवार