कोटेश्वर प्रहरी कार्यालयलाई सुयोग्य सहकारीको सहयोग
काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले जेन जी आन्दोलनबाट क्षतिग्रस्त कोटेश्वर प्रहरी कार्यालयलाई सहयोग उपलब्ध गराएको छ ।
उक्त सहकारीले आज प्रहरी कार्यालयलाई १ लाख १४ हजार बराबरको अत्यावश्यकीय सामाग्रीहरु सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत सुमन कार्मीले जानकारी दिनुभयो । ।
संस्थाका अध्यक्ष टेक बहादुर लिम्बु, उपाध्यक्ष पम्फा न्यौपाने, संस्थाको प्रमुख सल्लाहकार चित्रा कुमारी सुब्बा थाम्सुहाङ र प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले सयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत स्टील दराज ४ थान, डिभाइडर लाईट २ थान, म्याजिक लाईट ५ थान,ब्याट्री १ प्याकेट, टर्च लाईट २ थान, ह्यन्ड माइक १ थान र युपिएस ३ थान इनिस्पेक्टर यज्ञराज भट्टलाई हस्तान्तरण गरिएको थियो । समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको उक्त संस्थाले समुदायको हरेको गतिविधिमा सहभागी हुँदै आएको जनाएको छ ।
सहकारीको सात सिद्धान्त मध्ये एक समुदायप्रति चासो भन्ने रहेको र सोही अनुसार संस्थाले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौंकीलाई सहयोग गरेको अध्यक्ष लिम्बुले बताए । आगामी दिनमा पनि यस्ता क्रियाकलाप गर्दै जाने उहाँको भनाई छ। क्षतिग्रस्त कार्यालयलाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् भने रङ्गरोगनको कार्य समेत अगाडि बढाइएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार