पोखरा रोयल सहकारीको २४औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: रुद्रकुमारी गुरुङ्ग
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा नयाँ समिति चयन गर्दै सम्पन्न भएको छ ।
२०८२ असोज ३ गतेदेखि ६ गतेसम्म एकाईगत रुपमा सञ्चालन भएको २४औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा क्या. चन्द्रप्रसाद गुरुङ्ग, सचिवमा केशवप्रसाद ढकाल, कोषाध्यक्षमा सूर्यमोहन ढकाल र सञ्चालकहरुमा एकबहादुर गुरुङ्ग, खिमकुमारी गुरुङ्ग, जंगबहादुर गुरुङ्ग, हिरालाल श्रेष्ठ र पूर्णिमा अधिकारी चयन भएका छन् । त्यसैगरि लेखा सुपरिेवेक्षण समितिको संयोजकमा नारायण सुवेदी र सदस्यहरुमा अपिला ढकाल र दुलब थापा चयन भएका छन् ।
३ वटा एकाईहरुमा सम्पन्न वार्षिक साधारण सभाले अध्यक्ष रुद्रकुमारी गुरुङ्गद्धारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, लेखा समितिका संयोजक हर्कबहादुर गुरुङ्गद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट र लेखा परिक्षक चार्टड एकाउन्टेन्ट सागर आचार्यद्धारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन समेत पारित गरेको छ ।
१०,२२५ जना सदस्य रहेको सहकारीको २ अर्ब ६५ करोडको वासलात, २२ करोड जगेडाकोष, १५ करोड शेयर पूँजी, २ अर्ब बढी बचत निक्षेप र १ अर्ब ५३ करोड ऋण लगानी रहेको छ । संस्थाले वर्तमान तरल वित्तीय बजारलाई मध्यनजर गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै वर्षैभरि सदस्य केन्द्रित १०० गतिविधी सञ्चालन गर्ने नीति साधारण सभाले पारित गरेको छ ।
वार्षिक साधारण सभाले उत्कृष्ठ वर्ष सदस्य, उत्कृष्ठ कर्मचारी र २५ वर्षे सेवाअवधि पुरा गरेका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरेको थियो ।

हाल ७.७७ प्रतिशतमा ऋण सेवा प्रदान गरिरहेको संस्थाको साधारण सभाले प्रविधि सेवालाई सबै सदस्यको पहुँचमा पुर्याउने, संस्थागत कोष वृद्धि गर्दै जगेडाकोष मूखी संस्था निर्माण गर्ने, सदस्यलाई ऋणी हैन उधमी बनाउने, नियमित बचतलाई वृद्धि गर्ने, पोखरा रोयललाई समुदायको पहिलो रोजाईको संस्था बनाउने र संस्थालाई नाफामुखी भन्दा सेवामुखी व्यवसायको रुपमा स्थापित गर्ने जस्ता कार्यक्रमहरु पारित गरेको सूचना अधिकारी मीलन ढकालले बताउनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार