३० असार २०८३, मङ्गलबार

चन्द्रागिरि साकोसको सदस्य शिक्षा तथा विस्तारित भेला गोदावरीमा सम्पन्न

२०८२ असोज ७, मङ्गलबार
चन्द्रागिरि साकोसको सदस्य शिक्षा तथा विस्तारित भेला गोदावरीमा सम्पन्न

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ललितपुरको गोदामचौर र बडिखेलमा सदस्य शिक्षा तथा विस्तारित भेला सम्पन्न गरेको छ ।

संस्थाको पाटन सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा गोदामचौरमा कृष्ण महिला समूह र बडिखेलमा सृजनशील बिउ उत्पादक कृषक समूहका ४० जना सदस्यहरूको सहभागिता थियो ।

पाटन सेवा केन्द्रका इन्चार्ज राजेश बहादुर थापा मगरले संस्थाको परिचय, हालको वित्तीय अवस्था, सदस्यको भूमिका, सहकारीमा सदस्यता लिनेदेखि सहकारीमा कारोबार गर्ने प्रक्रिया र सदस्यहरुले प्राप्त गर्ने सुविधा सम्मका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो ।

भेलामा सहभागी सदस्यहरूले चन्द्रागिरि साकोसको सदस्य सेवा, पारदर्शी कार्यशैली र दीगो सेवा प्रवाहको बारेमा सकारात्मक प्रतिक्रिया जनाएका थिए । साथै सबै सदस्यहरूले आफ्ना समूहमा सक्रियता बढाउँदै सहकारीसँग अझै नजिक हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अभिलेख

लोकप्रिय