सहकारी मन्त्री अनील कुमार सिन्हाद्वारा पदभार ग्रहण
काठमाडौं : नवनिर्वाचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गर्नुभएकको छ । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले भू-उपयोगमा तेस्रो संशोधनको लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो कृषिप्रधान देशमा भूमिसुधारका कार्यक्रमहरु पनि लागू भए तर धेरै सस्याहरु विभादित रुपमा रहेका छन् । भू-उपयोगमा तेस्रो संशोधनको निमित्त भनेर प्रकृया अगाडि बढाएको हो । कित्ता काटहरु अहिले रोकिएका छन् ,त्यसले गर्दा कतिपय ट्रान्समिसनलाइनहरु जस्ता विकाससँग सम्बन्धित कुराहरु पनि छन् । ती विकासका कुरालाई सहजिकरणको निमित्त पनि यो नियमावलीको आवश्यकता देखिएको कारण पनि त्यसलाई फुकाउन गएका छौं ।’
त्यस्तै उनले स्थानीय तहको कार्यसम्पादनलाई जवाफदेही र सहजता प्रदान गर्ने प्रकृतिको निर्णय पनि भएको जानकारी दिनुभयो । साथै, भूमि बैंकको स्थापनाको लागि कदम चालेको उनले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार