१ असार २०७८, मंगलवार

संकटको समयमा सदस्यसँग हातेमालो गरौं

२० चैत्र २०७६, बिहीबार
संकटको समयमा सदस्यसँग हातेमालो गरौं

सन्तोष तिमल्सिना

सहकारी भनेको सहकार्य अर्थात आफ्ना सदस्य र सामुदायिक हितका लागि आपसमा मिलेर काम गर्नु हो । अर्को शब्दमा सहकारीता भन्नाले समान इच्छा, आकाक्षा र समान आस्था भएका व्यक्तिहरुको प्रजातन्त्रिक नियन्त्रण, नैतिकता, इमान्दारीता, समानता एंव समन्वयमा आधारित स्वतन्त्र र स्वायत्त सांगठानिक संस्था हो । समान उद्देश्य भएका एकै ठाउँमा बसोबास गर्ने र मन मिल्ने व्यक्तिहरु एक आपसमा मिलेर सामूहिक हितमा गरिने कार्य नै सहकारीको मूल अवधारणा हो ।

सबैका लागि एक र एकका लागि सबै भन्ने सहकारीको सर्वमान्य भावनालाई पालना गर्दै समाजमा छरिएर रहेको सानो परिमाणको पूँजीलाई बचतको रुपमा संकलन गरि सदस्यहरुको आर्थिक उन्नतीका लागि साना–ठूला व्यवसाय सञ्चालन गर्न सहकारीले ठूलो मद्दत पु¥याएको छ । ग्रामिण भेगका विपन्न वर्ग र समुदायका मानिसहरुलाई संगठित गरी उनीहरुमा रहेको स– सानो रकमहरुलाई संकलन गरी लघु व्यावसाय संचालनका लागि कर्जा प्रवाह गरी गरिबी निवारणमा सहयोग पु¥याउनु सहकारीको मर्म हो । संस्थामा आवद्ध शेयर सदस्यहरुको आवश्यकता, मनोभावना र सदस्यहरुको हितलाई मध्यनजर गरी सहकारी संस्थाहरुले विभिन्न कार्यहरु संचालन गर्ने गर्दछन् ।

सहकारीको माध्यमबाट नै समाजका विपन्न, अतिविपन्न वर्गका मानिसहरु लगायत किसान, मजदुर, ब्यावसायी, महिला वर्ग तथा समुदायलाई संगठित एवं एकत्रित गरी समाजमा छरीएर रहेका स–साना सिप र पूँजीहरुलाई संकलन गरी परिचालन गर्दै देशको आर्थिक तथा सामाजिक विकास सहयोग पु¥याएको सहकारी अभियान्ताहरु दाबि छ । बैंक तथा वित्तिय संस्थाहरु शहर केन्द्रित रहेको र सहकारी संस्थाहरुले ग्रामिण भेगदेखी दुरदराजसम्म सेवा संचालन गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भनाई हरेक सहकारी नेताहरुको मुखबाट हामी पटक पटक सुन्दै आएका छौं । सहकारी संस्थाहरुले सदस्यको जन्मदेखि मृत्युसम्मका कार्यक्रमहरु संचालन गर्दै आएका छन् । सहकारी संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै शेयर सदस्यहरुको हितमा अनवरत रुपमा लागिपरेको भनाईहरु हरेक सहकारी संस्थाहरुको बार्षिक प्रतिवेदनहरुमा उल्लेख गरेको पाईन्छ । सरसर्ती हेर्दा सहकारी संस्थाले मानिसको जीवन पद्धतिलाई परिवर्तन गरिदिएकोे देखिन्छ । शेयर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका साथै आधारभूत आवश्यकता परिपूर्तीका लागि सरल र सहज ढंगबाट वस्तु तथा सेवा प्रदान गरी जिवनयापन सहज पार्ने प्रतिवद्धता सहित सहकारी संस्थाहरुले सदस्यता विस्तार गर्ने गरेका छन । यसर्थ सहकारीहरुले बारम्बार प्रयोग गर्दै आएको “सदस्यहरुको हितमा समर्पित” भन्ने शब्द नाराका रुपमा प्रयोग मात्र नभई वास्तविकता बन्न सकोस् ।
वर्तमान परिपेक्षमा विश्वभर कोरोना भाईरसको महामारी फैलिएकोको छ । जसका कारण लाखौं मानिस संक्रमित भएका छन् भने हजारौले ज्यान गुमाएका छन । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको असर नेपालमा पनि देखा परेको छ । चिनको बुहान सहरमा देखा परेको भाईरस विश्वभर पैmलिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको छ । नेपाल पनि कोरोना भईरस संक्रमणको सम्भावित उच्च जोखिम मुलुक रुपमा चिनिन्छ । यसको जोखिम न्यूनिकरणका लागि सरकारले देश भार लकडाउनको घोषणा गरेको छ । संक्रमण न्यूनिकरणका लागि कतिपय सहकारी संघसंस्थाहरुले शेयर सदस्य तथा समुदायमा जनचेतनामूलक गतिविधिहरु संचालन गरेका छन भने सचेत रही कार्य गर्न अपिल गरेका छन् । केही सहकारी संस्थाहरुले ब्याजमा छुट दिएका छन्, केहीले स्वास्थ्य सामाग्रीहरु (माक्स, सेनिटाईजर, पन्जा) वितरण गरेका छन् । बैंकहरुले जस्तै सहकारीले सदस्यहरुलाई एटिएम कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत कारोवार गर्न अभिप्रेरित गरेका छन्, तर डिजिटल बैकिङ्ग सेवा उपलब्ध गराउने सहकारीहरुको संख्या हातको औंलामा मात्र सिमित छन । संकट समयमा बैंक तथा वित्तिय संस्थाहरुले पूर्णकालीन सेवा प्रदान गर्न सकिरहेका छैनन् भने केही सहकारी संघसंस्थाहरु भन्दा बाहेक अधिकाशं सहकारी संस्थाहरु पूरै बन्द अवस्थामा छन् ।

सहकारीको उत्पती नै संकटको सामना गर्नकै लागि भएको हो । आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ का दिन वेलायतको म्यानचेष्टर सिटीबाट सुरु भएको हो । औद्योगिक क्रान्ति पश्चात् वेलायतको रोचडेल सहरमा बसोबास गर्ने कपडा कारखानामा काम गर्ने मजदुरहरुले मिल मालिक एंव पुँजीपतिहरुको चर्काे शोषणका विरुद् २८ जना मजदुरहरुले एक—एक पाउण्ड जम्मागरी रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामक उपभोक्ता पसल खोली सहकारीको शुरुवात गरिएका थिए । यस पश्चात १८५० जर्मनमा बचत तथा ऋण सहकारी, सन् १८६५मा अमेरिका, सन् १८६६ मा इटली, सन् १८७० मा क्यानडा मा बचत तथा ऋण सहकारी संस्थाहरु स्थापना भएको देखिन्छ भने सन् १८८६ माडेनमार्कमा दुग्ध सहकारी, सन् १९०४ मा भारतमा र सन् १९१२ चीनमा कृषि सहकारी सस्थाहरु गठन भई विश्वभर सहकारीको दायरा फराकिलो हुँदै गएको पाईन्छ । नेपाली परिवेशमा सहकारीको इतिहासलाई नियालेर हेर्दा वि.स २०११ सालको भिषण वर्षा र बाढी पहिरोबाट उत्पन्न संकट मोचनका लागि चित्तवनका युवाहरुको सक्रियतामा वि.स २०१३ सालबाट सहकारी आन्दोलनको सुरुवात भएको पाईन्छ ।
यतिबेला देशमा संकटको सामना गरी रहेको छ । कोरोना संक्रमणको त्रासले देशनै लकडाउनमा छ । घरमै बसेर सबैले सुरक्षित हुने प्रयास गरिरहेका छन् । लकडाउनका कारण जनजिवन प्रभावित भएको छ । स्वास्थ्य, खाद्यन्न, ढुवानी, बैंक/ वित्तीय, सञ्चार सेवा लगायत अत्यावश्यक बाहेक अरु सबै कार्यहरु निषेधित छन । सहकारी संस्थाहरुले पनि लकडाउनको पालना गर्दै कार्यालयहरु बन्द गरेका छन । सेवा सूचारु गर्नका लागि सबै सहकारी संघ÷संस्थालाई सहकारी विभागले केही दिन अघि परिपत्र गरेको थियो । असहज र बिषम परिस्थितीमा स्थानीय प्रसाशनसंग समन्वय गरी आफ्ना सदस्यहरुलाई प्रभावकारी सेवा दिदै सम्पूर्ण प्रकृति खाताहरु नियमित रुपमा संचालनमा ल्याउने, संस्थामा तरलता ब्यवस्थापन गर्दै नियमित रुपमा जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाहको व्यवस्था मिलाउने विभागले निर्देशन दिएको थियो । कतिपय सहकारी संघ÷संस्थाहरुले विभागको निर्देशनको पालना गर्दै आंशिक सेवा प्रदान गर्दै आएका छन भने कतिपयल सेवा संचालन गर्न सकिरहेका छैनन् । लकडाउनको समयसिमा लम्बिएसंगै सहकारी संस्थाहरुलाई पनि सेवा संचालन गर्न चुनौती नै छ । केही सहकारी संस्थाहरुले माहामारीले सामान्य रुप नलिएसम्मका लागि सम्पर्क व्यक्तिहरु तोकी अत्यावश्यक सेवाहरु संचालन गर्दै आएका छन् ।

सहकारी संस्थाले आफ्ना शेयर सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरु सञ्चालन गरी त्यसमा उनीहरुलाई सहभागी गराउन सक्नु पर्दछ । गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गरी समुदायमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावनाले सदस्यहरुको आर्थिक तथा सामाजिक क्रियाकलापमा सहयोग गरी समृद्ध समाज निर्माण गर्नु सहकारीको दायित्व हो । संकटको बेला यि सबै कार्यहरु एकै पटक सम्पन्न गर्न सम्भव नहुन पनि सक्छ । तर आगामी दिनमा सहकारी संस्थालाई कसरी संचालन तथा ब्यवस्थापन गर्ने, सहकारीप्रतिको सदस्यहरुको विश्वास र साथलाई कसरी कायम राख्ने, संकट सामना गर्नका लागि के कस्ता रणनीतिहरु निमार्ण गर्ने, महामारीबाट सदस्यहरुमा पर्न गएको असरलाई के कसरी न्यूनिकरण गर्ने र संकटमा सहकारीको भूमिका के हो भन्ने बिषयमा सहकारीकर्मीहरुले स्पष्ट धारणा बनाउन जरुरी देखिन्छ । महामारीको समयमा सहकारी संस्थाहरु शेयर सदस्य प्रति उत्तरदायी हुदै सदस्यको सुखदुःखमा हातेमालो गरौं ।

जय सहकारी ।

अभिलेख

लोकप्रिय