
काठमाडौं : ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले एकै पटक ६ वटा सहकारीको एकीकरण सम्पन्न गरेको छ । देशभर कार्यक्षेत्र रहेको यस संस्थाले ६ वटा प्रदेशका सहकारी संस्थाहरुसँग एकीकरण गरेको हो । संस्थाले हिजो (भदौ २८) गते एकीकरण प्रमाण पत्र समेत प्राप्त गरेको छ ।
संस्थाले महोत्तरीको दौतरी बचत तथा ऋण सहकारी संस्था, तनहुँको शिपमुलक बहुउद्देश्यीय सहकारी संस्था, सुर्खेतको सदावहार शृजनशिल कृषि सहकारी संस्था, कैलालीको सर्वोदय बहुमुखी सहकारी संस्था, बाँकेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र झापाको कामाक्षा सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण गरेको हो । यी संस्थाहरु सँग एकीकरण भई हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि.ललितपुर, कायम भएको संस्थाका उप महाप्रबन्धक गोपी घिमिरेले जानकारी दिनुभयो ।
संस्थाहरु एकीकरण सँगै संस्थाको पहुँच सातै प्रदेशमा पुगेको छ । संस्थाले सम्पूर्ण प्रादेशिक कार्यालयबाट अन्तर सेवा केन्द्र भुक्तानी, सबै प्रकारका रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ्ग आदिमार्फत सदस्यहरु सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । संस्थाले छिट्टै आयमुलक, उत्पादन मुलककार्यहरु गर्दै आयात प्रतिस्थापन गर्दै देशलाई आत्मनिर्भर बनाउनेतर्फ संस्था क्रियाशिल रहने घिमिरेले बताउनुभयो ।
संस्थाले २०७१ सालमा १० वटा सहकारीहरु एकीकरण गरेको थियो ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

सेञ्चुरी बहुउद्देश्यीय सहकारी दोस्रो साधारण सभा असोज २७ गते हुने
१२ आश्विन २०८०, शुक्रबार
६०.२०% सदस्यको उपस्थितिमा पोखरा रोयलको २२औं साधारण सभा सम्पन्न, १२% नगद लाभांश पारित
११ आश्विन २०८०, बिहीबार
पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी
११ आश्विन २०८०, बिहीबार