एकै दिन काठमाडौंको ३ वटा सहकारीमा चोरी
काठमाडौं : काठमाडौंको चावाहिलमा रहेका तीन वटा सहकारीमा चोरी भएको छ । गए राती नवरस बचत तथा ऋण सहकारी संस्था, पद्ममुखी बचत तथा ऋण सहकारी संस्था र चन्द्र विनायक बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको हो । तीन वटै सहकारी नजिक नजिक नै रहेका छन् ।
नवरस साकोसमा झ्यालबाट चोर छिरेका थिए । नगद र चेकहरु भल्टमा रहेका कारण नगद चोरी नभएको नवरस सहकारीका व्यवस्थापक शिवहरि पौडेलले जानकारी दिनुभयो ।
चोरले कार्यालयको दराज तोड्फोड गर्दा खातापाता र कागजपत्रमा क्षति पुगेको उहाँले बताउनुभयो । नगद राख्ने सेफ, कागजपत्र र समग्र कार्यालयको सुरक्षा प्रवन्ध थप दरिलो बनाएका कारण क्षति हुन नपाएको उहाँले बताउनुभयो । अन्य सहकारी संस्थालाई पनि सुरक्षा प्रणालीलाई मजवुत बनाउन पौडेलको आग्रह छ ।
यसैगरी पद्ममुखी सहकारीमा कार्यालयमा तोडफोड गरेपनि नगद रोखेको सेफमा कुनै क्षति पुगेको छैन। यद्यपि तोडफोडबाट कार्यालयको दराज, टेवल, खातापाता लगायतका भौतिक सामग्रीमा भने क्षति पुगेको छ ।
चोरीको विषयमा महानगरीय प्रहरी वृत्त, गौशालामा खबर गरेपछि प्रहरीले चोरी गर्ने समूहको खोजी गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार