
काठमाडौं : काठमाडौंको चावाहिलमा रहेका तीन वटा सहकारीमा चोरी भएको छ । गए राती नवरस बचत तथा ऋण सहकारी संस्था, पद्ममुखी बचत तथा ऋण सहकारी संस्था र चन्द्र विनायक बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको हो । तीन वटै सहकारी नजिक नजिक नै रहेका छन् ।
नवरस साकोसमा झ्यालबाट चोर छिरेका थिए । नगद र चेकहरु भल्टमा रहेका कारण नगद चोरी नभएको नवरस सहकारीका व्यवस्थापक शिवहरि पौडेलले जानकारी दिनुभयो ।
चोरले कार्यालयको दराज तोड्फोड गर्दा खातापाता र कागजपत्रमा क्षति पुगेको उहाँले बताउनुभयो । नगद राख्ने सेफ, कागजपत्र र समग्र कार्यालयको सुरक्षा प्रवन्ध थप दरिलो बनाएका कारण क्षति हुन नपाएको उहाँले बताउनुभयो । अन्य सहकारी संस्थालाई पनि सुरक्षा प्रणालीलाई मजवुत बनाउन पौडेलको आग्रह छ ।
यसैगरी पद्ममुखी सहकारीमा कार्यालयमा तोडफोड गरेपनि नगद रोखेको सेफमा कुनै क्षति पुगेको छैन। यद्यपि तोडफोडबाट कार्यालयको दराज, टेवल, खातापाता लगायतका भौतिक सामग्रीमा भने क्षति पुगेको छ ।
चोरीको विषयमा महानगरीय प्रहरी वृत्त, गौशालामा खबर गरेपछि प्रहरीले चोरी गर्ने समूहको खोजी गरिरहेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार