९ मंसिर २०८३, बुधबार

सामुदायिक साकोस र युनाइटेड ल्याबोरेटरीबीच सम्झौता, सदस्यलाई २५ प्रतिशतसम्म छुट

२०८३ मंसिर ९, बुधबार
सामुदायिक साकोस र युनाइटेड ल्याबोरेटरीबीच सम्झौता, सदस्यलाई २५ प्रतिशतसम्म छुट

स्याङ्जा : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल), न्युरोड पोखराबीच स्वास्थ्य परीक्षणमा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

मङ्सिर ८ गते मंगलबार आयोजित एक कार्यक्रमबीच सम्झौतामा हस्ताक्षर भएको हो। सामुदायिक साकोसका तर्फबाट संस्थाका व्यवस्थापक एवं कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) स्याङ्जाका अध्यक्ष शिव वाग्ले र युनाइटेड रेफरेन्स ल्याबोरेटरीका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्तले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

सम्झौताअनुसार सामुदायिक साकोसका शेयर सदस्यहरूले युनाइटेड रेफरेन्स ल्याबोरेटरीमा स्वास्थ्य परीक्षण गराउँदा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। उक्त सुविधा लिन सदस्यहरूले सहकारी संस्थाले जारी गरेको परिचयपत्र, पासबुक वा शेयर प्रमाणपत्रमध्ये कुनै एक प्रस्तुत गर्नुपर्नेछ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरीले स्याङ्जाको पुतलीबजारसहित गण्डकी प्रदेशका विभिन्न स्थानमा २४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। सम्झौतासँगै सहकारीका सदस्यहरूले स्वास्थ्य परीक्षणमा सहुलियत प्राप्त गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणि रेग्मी र युनाइटेड रेफरेन्स ल्याबोरेटरीका लेखा अधिकृत सचिन अधिकारीको समेत उपस्थिति रहेको थियो।

अभिलेख

लोकप्रिय