विद्यमान संरचनाबाट सहकारीको समस्या समाधान हुँदैन, छिट्टै प्राधिकरण बन्छ: प्रम
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्षमा सरकार पुगेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले सहकारी विभाग र सहकारी विभास बोर्डलाई केन्द्रीकृत र एकीकृत गरेर सो सहकारी प्राधिकरण बनाउने तयारी सरकारले गरिएको बताए । उक्त प्राधिकरणले सहकारीको नियमन गर्ने बताए ।
सहकारी केन्द्र नेपाललले शुक्रबार राजधानीमा आयोजना प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै दाहालले भने, ‘सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रुपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याईपुर्याइएको छ । बोेर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ । प्राधिकरणभन्दा बाहिर गएर अहिले विद्यमान संरचना भित्रबाट सहकारी समस्या समाधान हुन्छ भन्ने कुरा सम्भव छैन भन्ने ठाउँमा पुगेको छ र, मलाई लाग्छ-अब केही समयभित्रै हामी त्यो प्रक्रिया अघि बढाउन सक्छौं भन्ने विश्वास अहिले मलाई भएको छ ।’
दाहालले सहकारीलाई त्यसको मुलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाईसकेपछि विकृति देखा पर्नु अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसको पीडाबाट जनतालाई मुक्त गराउन सरकारले प्रयास गरिरहेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
डब्लुएफओ सञ्चालक सदस्यमा खेम बहादुर पाठक निर्वाचित
२७ जेष्ठ २०८३, बुधबार
आकाश डिजिटलले ल्यायो सहकारीका लागि नेक्स्ट जेनेरेशन वेब पोर्टल, कम्बो प्याकेजमा ३०% छुट
२७ जेष्ठ २०८३, बुधबार
सहकारीमा नियामकीय एकरुपताका लागि नीतिगत तथा कानूनी स्पष्टता आवश्यक
२७ जेष्ठ २०८३, बुधबार