डब्लुएफओ सञ्चालक सदस्यमा खेम बहादुर पाठक निर्वाचित
काठमाडौं : किसानहरूको विश्व संगठनको सञ्चालक समिति सदस्यमा एसिया महादेशका मुलुकहरू मध्येबाट नेपालका खेम बहादुर पाठक दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
केन्याको राजधानी नैरोबीमा आयोजना भएको डब्लुएफओको साधारण सभा तथा वार्षिक बैठक (८–११ जुन २०२६) अन्तर्गत भएको निर्वाचनबाट पाठक आगामी २ वर्षको कार्यकालका लागि सञ्चालक समिति सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
पाठकले नेपालको ग्रामीण क्षेत्रको आर्थिक-सामाजिक रूपान्तरण, गरिबी निवारण तथा साना किसानहरूको हकहितका लागि पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै एसिया महादेशका देशहरुले उहाँलाई पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा निर्वाचित गरेका हुन् ।
केन्याको नैरोबीमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि विश्वभरका विभिन्न ७ महादेशीय कृषि सहकारी तथा किसान संगठनका नेतृत्वकर्ताहरू समेटेर नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा केन्याका डा. ड्यानियल म्वेन्डाह एम’माइलुथा (Dr. Daniel Mwendah M’Mailutha) र उपाध्यक्षमा अष्ट्रेलियाकी फियोना सिम्पसन (Fiona Simson) निर्वाचित हुनुभएको छ ।
यसैगरी सञ्चालक समिति सदस्यहरूमा एसिया क्षेत्रबाट नेपालका खेम बहादुर पाठक सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै अफ्रिका क्षेत्रबाट मौरिससका गुनशाम सीबोरुन, युरोप क्षेत्रबाट बेल्जियमका पिटर भेरहेलेट र उत्तर अमेरिका क्षेत्रबाट वेस्ट भर्जिनिया, अमेरिकाका रोब लारेउ, ल्याटिन अमेरिकाबाट इलोइसा फ्रेडकिंग सञ्चालक समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
पाठक यसअघि सन् २०२४ मा पनि एसिया महादेशका मुलुकहरूको प्रतिनिधित्व गर्दै डब्लुएफओको बोर्ड सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका मुख्य सल्लाहकार र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएका पाठक नेपालको सहकारी आन्दोलनका अगुवा व्यक्तित्व हुनुहुन्छ ।
उहाँ नेपाल सरकारबाट ‘प्रबल जनसेवा श्री चतुर्थ’, नेपाल सरकारबाट ‘सहकारी पुरस्कार’ र अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) एसिया–प्रशान्त क्षेत्रबाट ‘प्रेरणादायी सहकारी नेता’ जस्ता प्रतिष्ठित सम्मानबाट सम्मानित भइसक्नुभएको छ । उहाँकै नेतृत्वमा कृषि केन्द्रीय संघले सन् २०२३ मा रोममा एफएओ (FAO) पार्टनरसिप अवार्ड समेत प्राप्त गरेको थियो ।
विश्वभरका ९० भन्दा बढी देशका १ हजार भन्दा बढी किसान अगुवा, नीति निर्माता र कृषि विज्ञहरूको सहभागिता रहेको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार