आकाश डिजिटलले ल्यायो सहकारीका लागि नेक्स्ट जेनेरेशन वेब पोर्टल, कम्बो प्याकेजमा ३०% छुट
काठमाडौं : सहकारी तथा माइक्रोफाइनान्स संस्थाहरूलाई डिजिटल रूपान्तरणतर्फ अग्रसर गराउने उद्देश्यसहित आकाश डिजिटल प्रा.लि.ले ‘नेक्स्ट जेनेरेशन डाइनामिक वेब पोर्टल’ सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा ‘आकाश डीएमएस (डकुमेन्ट म्यानेजमेन्ट एन्ड अटोमेसन सिस्टम) र सहकारी वेबसाइट कम्बो प्याकेज’ समेत सार्वजनिक गरेको छ।
अफरअन्तर्गत सहकारी संस्थाहरूले ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
प्याकेजमार्फत सहकारी संस्थाहरूले आफ्ना कागजात व्यवस्थापन प्रणालीलाई डिजिटाइजेसन, डिजिटलाइजेसन तथा अटोमेसनमार्फत आधुनिक डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्नेछन्। साथै संस्थाको आफ्नै व्यावसायिक वेबसाइटसमेत उपलब्ध गराइनेछ, जसले सूचना प्रवाह, सदस्य सेवा तथा डिजिटल पहुँचलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ।
वेब पोर्टलले सार्वजनिक सूचना, सदस्य सेवा, कर्मचारी व्यवस्थापन, कार्यक्रम सञ्चालन तथा डिजिटल सेवा प्रवाहलाई एउटै प्लेटफर्ममा समेट्ने सुविधा प्रदान गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत टंक अधिकारीले जानकारी दिनुभयो । यसले संस्थाहरूलाई थप पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउन सहयोग पुर्याउने उहाँको भनाई छ।
पोर्टलमार्फत संस्थाले आफ्ना सूचना, समाचार, कार्यक्रम, प्रतिवेदन, प्रकाशन तथा अन्य सार्वजनिक जानकारी सहज रूपमा प्रकाशन र व्यवस्थापन गर्न सक्नेछन्।
व्यवस्थापन पोर्टल, कर्मचारी पोर्टल र सदस्य पोर्टलमार्फत संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको सीईओ अधिकारीले बताउनुभयो ।
सदस्यहरूले घरमै बसेर विभिन्न सेवाका लागि आवेदन दिन, सेवाको अवस्था ट्र्याक गर्न, आवश्यक जानकारी प्राप्त गर्न तथा संस्थासँग डिजिटल माध्यमबाट प्रत्यक्ष रूपमा जोडिन सक्ने सुविधा उपलब्ध हुनेछ। डिजिटल सदस्य पोर्टलमार्फत सेवा अनुरोध, ट्र्याकिङ तथा सूचना आदानप्रदानलाई सहज बनाइएको छ।
प्रणालीमा समावेश ‘भर्चुअल मेम्बर कार्ड’ अर्को महत्वपूर्ण विशेषता हो। सदस्य दर्तापछि स्वचालित रूपमा डिजिटल सदस्य परिचयपत्र निर्माण हुने र मोबाइलबाटै प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसले कार्ड हराउने वा दुरुपयोग हुने जोखिम कम गर्ने कम्पनीको विश्वास छ।

वेब पोर्टलमा सार्वजनिक सूचना तथा गतिविधि व्यवस्थापन, अनलाइन रोजगारी व्यवस्थापन, अनलाइन आवेदन तथा स्टाटस ट्र्याकिङ, कर्मचारी विवरण व्यवस्थापन, लिलामी व्यवस्थापन प्रणाली, डिजिटल कार्यक्रम दर्ता, अनलाइन बुकिङ, सूचना तथा दस्तावेज व्यवस्थापन, एआई आधारित च्याट सपोर्ट, सदस्य गुनासो व्यवस्थापन तथा सदस्य प्रमाणीकरण प्रणालीलगायतका सुविधा समावेश गरिएको सीईओ अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार प्रणाली पूर्ण रूपमा मोबाइल रेस्पोन्सिभ तथा प्रोग्रेसिभ वेब एप प्रविधिमा आधारित भएकाले मोबाइल र कम्प्युटर दुवैमा एपसरह प्रयोग गर्न सकिन्छ।
आकाश डिजिटलले हाल देशभरका ५०० भन्दा बढी सहकारी संस्थालाई आकाश डीएमएसमार्फत डिजिटल दस्तावेज व्यवस्थापन, कार्यप्रवाह स्वचालन तथा सुशासन प्रवर्द्धनमा सहयोग गर्दै आएको जनाएको छ।
कम्पनीले नयाँ वेब पोर्टल र विशेष अफरले सहकारी क्षेत्रको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।
आकाश डिजिटलले सहकारी संस्थाहरूको डिजिटलाईजेशन, साइबर सुरक्षा तथा साइबर सुरक्षा सम्बन्धी तालिम प्रदान गर्दै आएको छ। साथै, संस्थाहरूको सूचना तथा प्रणाली सुरक्षालाई थप सुदृढ बनाउन कम्पनीले निकट भविष्यमै साइबर सुरक्षा अडिट सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको कम्पनीका अध्यक्ष सुजनबाबु अधिकारीले जानकारी दिनुभयो।
वेब पोर्टलका प्रमुख सुविधाहरू
* सार्वजनिक सूचना तथा गतिविधि व्यवस्थापन
* Online Vacancy Management System
* Online Job Application तथा Status Tracker
* कर्मचारी करार तथा व्यक्तिगत विवरण व्यवस्थापन
* Auction Portal (लिलामी व्यवस्थापन प्रणाली)
* Digital Program Registration System
* Online Program Booking Facility
* Member, Board तथा Staff Information Room
* Notice, Reports तथा Documents Management
* FAQ तथा Dynamic Content Management
* AI आधारित Chat Support System
* Member Complaint Tracking System
* Member Verification Portal (Hospital, Store आदि सेवाका लागि)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
डब्लुएफओ सञ्चालक सदस्यमा खेम बहादुर पाठक निर्वाचित
२७ जेष्ठ २०८३, बुधबार
आकाश डिजिटलले ल्यायो सहकारीका लागि नेक्स्ट जेनेरेशन वेब पोर्टल, कम्बो प्याकेजमा ३०% छुट
२७ जेष्ठ २०८३, बुधबार
सहकारीमा नियामकीय एकरुपताका लागि नीतिगत तथा कानूनी स्पष्टता आवश्यक
२७ जेष्ठ २०८३, बुधबार