सहकारीको ऋण नतिर्ने ऋणीलाई राज्यका सेवा सुविधा नदिन माग
कास्की : जिल्ला सहकारी संघ, कास्कीले सहकारीबाट ऋण लगेर नतिर्नेहरुबाट असुलीका लागि सहयोग गरिदिन नियमनकारी निकायलाई आग्रह गरेको छ । संघले सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, पोखरा महानगरपालिका र कास्कीका सबै गाउँपालिकाहरुलाई ऋण असुलीमा सहयोग गर्न आग्रह गरेको हो ।
संघले सहकारी संस्थासंग ऋण लिने समयमा गरिएको सर्त सम्झौता अनुसार तोकिएको समयमा ऋण भुक्तान गर्न सार्वजनिक सूचना जारी गर्न अपिल गर्दै समयमा ऋण नतिर्ने सदस्यहरुलाई स्थानीय तहबाट हुने सेवा सुविधामा रोक लगाउन सुझाव दिएको छ ।
जिल्ला संघका तर्फबाट अध्यक्ष सावित्रा कोइरालाले हस्ताक्षर गरी नियमनकारी निकायमा दिइएको पत्रमा पछिल्लो समय बैंक वित्तीय संस्था र सहकारीबाट लगेको ऋण तिर्न नपर्ने भन्दै केही समुहबाट गरिएको आन्दोलनका कारण ऋण तिर्न पर्दैन भन्ने भ्रम सिर्जना भएकाले यस्तो भ्रमलाई चिर्न नियनमनकारी निकायले सार्वजनिक सूचना प्रकाशित गर्नु पर्ने जनाइएको छ ।
केही सहकारीहरुमा आएको समस्याका कारण सबै सहकारीहरुमा बचत फिर्ताको दवाव परेको संघले जनाएको छ । ऋण असुली नभएका कारण सहकारीहरुले समयमा वचत फिर्ता गर्न नसकेको भन्दै संघले बचतकर्ताको रकमको सुरक्षा र फिर्ताका लागि पनि ऋण असुली प्रक्रियालाई सहयोग गर्न आव्हान गरेको हो ।
सहकारीमार्फत रोजगारी प्रवद्र्धन, उत्पादन वृद्धि, करमा योगदान, महिला सशक्तिकरण, वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरताको क्षेत्रमा उल्लेखनीय काम भएको भन्दै संघले कोभिड लगायतका समस्याका कारण वित्तीय क्षेत्रमा देखिएको असर सहकारी क्षेत्रमा पनि परेकोले राज्यका निकायहरुले सहकारीको समस्या समाधानमा साथ दिन आग्रह गरेको छ ।
संघका अध्यक्ष सावित्रा कोइराला, महासचिव दिपक बास्तोला, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य चन्द्रा कुमारी पराजुली, वरिष्ठ प्रवन्धक भोजराज घिमिरे सहितको टोलीले सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्याल, पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीलाई माग पत्र बुझाएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
डब्लुएफओ सञ्चालक सदस्यमा खेम बहादुर पाठक निर्वाचित
२७ जेष्ठ २०८३, बुधबार
आकाश डिजिटलले ल्यायो सहकारीका लागि नेक्स्ट जेनेरेशन वेब पोर्टल, कम्बो प्याकेजमा ३०% छुट
२७ जेष्ठ २०८३, बुधबार
सहकारीमा नियामकीय एकरुपताका लागि नीतिगत तथा कानूनी स्पष्टता आवश्यक
२७ जेष्ठ २०८३, बुधबार