सहकारीमा एम बैंकः प्लेटफर्म एक, सुविधा अनेक

आज ६५ औं राष्ट्रिय सहकारी दिवस । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ देशभर सहकारी दिवस मनाईन्छ । पछिल्लो समय सहकारी संस्थाहरुले पनि प्रविधिमार्फत सेवा प्रवाद बढाउँदै लगेको छ । राष्ट्रिय सहकारी महासंघले गत वर्ष र यस वर्षको नारा पनि प्रविधिलाई नै फोकस गरेको छ । सहकारीलाई प्रविधिमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरुको रहेको पाउँछौं । एमबैंक टेक्नोलोजी प्रा.लि. एउटा यस्तो कम्पनी हो जसले देशभरका ५ सयभन्दा बढी सहकारीलाई प्रविधिमा जोडेको छ ।
सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडि छ । जुनसुकै सफ्टवेयर चलाउने सहकारीले पनि ‘एमबैंक’ को सेवा सजिलै लिन सक्ने विशेषताका कारण सहकारीहरु यसतर्फ आर्कषित छन् । राष्ट्रिय सहकारी दिवसको अवसरमा मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंकका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठसँग सहकारीखबरले गरेको कुराकानी ।
एम बैंकलाई कसरी बुझ्ने ?
बैंक वित्तीय संस्था एवम् सहकारीहरुलाई एउटै डिजिटल प्लेटफर्मको माध्यमबाट न्यून लागतमा आवश्यक सबै प्रविधिगत सेवा उपलब्ध गराउने उद्देश्य लिई स्थापना भएको प्रविधि प्रदायक कम्पनी हो एम बैंक ।
सहकारी किन रोज्नुभयो ?
संख्यात्मक हिसाबले करिब ३० हजारको जनसंख्या र यस अन्तर्गतको सञ्जाल सानो होइन । यो क्षेत्र डिजिटल प्रविधिमा खासै अघि नबढेकोले हाम्रो लागि सम्भावनायुक्त लाग्यो र होमियौं ।
सहकारी बजारमा तपाईहरुको उपस्थिति कस्तो छ ?
स्थापनाको छोटो समयमै एम बैंक प्लेटफर्मसँग हाल साना, मध्यम तथा ठूला गरी ५ सय बढी सहकारी आबद्ध छन् । युवा प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल प्रविधिसँग बढी झुकाव भएका व्यवस्थापकहरु एम बैंकसँग जोडिएका छन् र त्यस्ता व्यक्तिहरु नै यसको सेवाप्रति बढी जिज्ञासु भएको हामीले पाएका छौं । हामीलाई गर्व लाग्छ थोरै समयमा धेरै सहकारीलाई डिजिटल प्रविधिमा जोडेर विभिन्न सेवा सुविधा प्रदान गर्न सफल भएका छौं ।
यसका बिशेषताहरु के छन् ?
हरेक दिन केही न केही नयाँ बिशेषता (फिचर) थपिएको हुन्छ । ब्यालेन्स इन्क्वायरीदेखि युटिलीटी बिल भुक्तानी, बैंक ट्रान्सफर, सहकारी ट्रान्सफर, एटीएम बैंकिङ, सरकारी भुक्तानी लगायत एम बैंकका धेरै सेवाहरुमा उपलब्ध छन् । कुनै पनि बैंकले प्रदान गर्ने भन्दा कम नभई बढी नै सुविधा यसमार्फत उपलब्ध हुन्छन् भने कुनै पनि प्राविधिक जनशक्ति विना नै सहकारीलाई सजिलै प्रविधिमैत्री बनाई हामी सेवा प्रदान गर्न सक्छौं ।

सहकारीहरुले यसको सेवा लिन के गर्नुपर्दछ ?
एकदमै सरल र सहज छ । एम बैंक भर्सन छनौट गरी सम्झौताका माध्यमबाट सजिलै यसको सेवा लिन सकिन्छ । जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने एक मात्र मोबाइल बैंकिङ एप हो यो । यसमार्फत आफ्नो संस्थालाई प्रविधिमैत्री बनाउन सहज हुन्छ ।
सहकारीहरु प्रविधिमा अघि बढ्न किन नसकेका होलान् ?
पहिलो कुरा त डिजिटल प्रविधि नेपालमा अलि ढिलो प्रवेश गरेको हो । यसलाई सजिलै चलाउन र सदस्यहरुलाई सेवा सुविधा दिन एकदम सजिलो छ भन्ने कुराको ज्ञान नबाढेर पनि हो जस्तो लाग्छ । हामी आफै पनि धेरै सहकारीहरु भ्रमण गरेर यी विशेषताहरु बोध गराउन सकेका छैनौं । सहकारीका सदस्यहरुलाई यो सेवा बारे शिक्षित गरेर वा सिकाउन नभ्याएर पनि चुनौती लागेको हुनसक्छ । नीति, नियमहरु स्पष्ट नहुँदा पनि दुविधा भएको अवस्थाहरु छन् ।
यसको मुल्य निर्धारणका आधारहरु के हुन् ?
क्रेताले वस्तु वा सेवाको उपयोगिता र गुणको आधारमा मुल्य तिर्ने अर्थशास्त्रको सामान्य सिद्धान्त हो जुन हाम्रो परिप्रेक्ष्यमा पनि लागु हुन्छ । यो एकदमै कम खर्चिलो छ । सहकारीले लिने सेवाको आधारमा मुल्य निर्धारण गरिन्छ । न्यूनतम ५० हजार रुपैयाँदेखि सहकारीले आफ्नै लोगो ब्राण्डिङमा एन्ड्रोइड तथा आइएसओ दुबैमा यो सेवा उपलब्ध गराउँदछौं ।
एम बैंकको रणनीतिक उद्देश्य र लक्ष्य प्रष्ट पारिदिनुहुन्छ कि ?
सबै कम्पनीको आफ्नै रणनीतिक पहिचान हुन्छ । हाम्रो उद्देश्य सर्वसुलभ दरमा गुणस्तरीय र विश्वसनीय सेवा हो । प्रमाण हाम्रो कामले दिने हो । हाम्रो परिकल्पना ‘एम बैंकः एप एक, सुविधा अनेक’ रहेको छ ।
नयाँ नौलो डिजिटल सेवा सुविधाहरु सबैभन्दा पहिले बजारमा ल्याउन पाउने सक्षमता विकास गर्नु हाम्रो अर्को लक्ष्य हो । त्यसका लागि अहोरात्र लागिपरेका छौं । नीति नियम र कानुन काइदा भित्र बसेर सहकारीहरुलाई सातै दिन चौबिसै घन्टा, उत्कृष्ट सेवासहितको डिजिटल प्रविधि पहुँच विकसित गर्न एम बैंक लागिपरेको छ । कम्पनीले सहकारीहरुको सामान्य सेवा प्रदायक भन्दा पनि डिजिटल बैंकिङ तथा भुक्तानी साझेदार निकाय बन्ने हाम्रो अठोट हो । एकपटक हाम्रो सेवा प्रयोग गरेर हेर्न सबै सहकारीहरुलाई आग्रह गर्छौ ।
हामी प्राविधिक भेन्डर भन्दा पनि प्राविधिक साझेदारको रुपमा काम गर्छौ । हाम्रो सेवा सुविधाहरु निरन्तर उन्नत भैरहेको हुन्छ । नयाँ नौलो सुविधा थप वा जडान गर्न हामी जहिले अगाडि हुन्छौं । छिटो, भरपर्दो र सुरक्षित प्रणाली हाम्रो पहिलो प्राथमिकता हो ।
नामबाटै हामी बुझ्न सक्छौं हाम्रो परिकल्पना र लक्ष्य भनेकै एउटै एपबाट सबै खाले डिजिटल सुविधाहरु प्रदान गर्ने हो । जुनै पनि सहकारी सफ्टवेयरमा जडान गर्न सकिने मोबाइल बैंकिङ सेवा भरपर्दो, सुरक्षित र सहज छ । हामीसँग जोडिन आजै सम्पर्क गर्नुहोस् ।

तपाईहरुसँग उपलब्ध जनशक्तिको अवस्था के कस्तो छ ?
हाल ज्ञानोदय मार्ग कलंकी काठमाडौंमा एकमात्र कार्यालय रहेको कम्पनीसँग ३० भन्दा बढी दक्ष प्राविधिक जनशक्ति छ । सहकारीलाई आवश्यक सुविधाहरु खोज अनुसन्धान गरेर एकीकृत गर्न, प्लग एण्ड प्ले सेवाको रुपमा प्रदान गर्न सकिने आधारहरु हामीले निर्माण गरेका छौं । एउटै प्लेटफर्ममा धेरै सुविधा दिने, ओम्नी बैंकिङ सेवा सुरुवात गर्ने जस्ता धेरै कुराहरुसहितको डिजिटल मोबाइल प्रणाली हाम्रो जनशक्तिले विकास गरी सेवारत छ ।
सेवा ग्राहीबाट प्राप्त प्रतिक्रियाहरु कस्ता छन् ?
हाम्रा सबै सेवाग्राहीहरु एकदम खुसी छन् । सकारात्मक पृष्ठपोषणबाट बेग्लै उर्जा प्राप्त गरेका छौं । हाम्रो सेवा मनपराई ‘रिफर’ गरिदिने पनि धेरै हुनुहुन्छ । उहाँहरु सबैप्रति कृतज्ञता व्यक्त गर्दछौं ।
प्रतिस्पर्धी बजारमा चुनौती र सम्भावनालाई कसरी केलाउनुभएको छ ?
चुनौती धेरै छ सँगै सम्भावना पनि अथाह छ । सहकारीलाई प्रविधिमैत्री बनाउने विषयमा स्पष्ट नीति नियम र बलियो कानुनी आधार नभएको सर्वविदितै छ । सहकारीकर्मीहरुमा पनि डिजिटल प्रविधिबारे स्पष्ट ज्ञानको कमी छ । इन्टरनेट सेवा स्थिर छैन । राम्रो क्लाउड सेवा धेरैले अनुभव गर्नुभएको छैन ।
अबको भविष्य नै डिजिटल प्रविधि हो भन्ने ज्ञान अभाव छ । डिजिटल सुरक्षा र संवेदनशीलतामा चासो राख्न जरुरी छ । यी चुनौतीहरुलाई चिर्दै अघि बढ्दा सम्भावनाका ढोकाहरु खुल्छन् भन्ने हामीलाई विश्वास छ ।
प्राविधिक जनशक्ति र सुरक्षामा धेरै चासो नभएको देखेको छु । यी विषयहरुलाई मिलाएर लग्न सकिन्छ । हामी प्राविधिक मार्गदर्शन र सुरक्षित प्रणालीमा मात्र काम गरौं । नीति नियम र सुरक्षामा राम्रो ख्याल पुर्याएमा यो क्षेत्रको छुट्टै पहिचान स्थापित गर्न समय लाग्दैन । सहकार्य आवश्यक छ ।
कम्पनीको भावी योजना के छन् ?
धेरै भन्दा धेरै सहकारीलाई डिजिटल प्रविधिमा आबद्ध गराउने योजना छ । नेपालको डिजिटल इकोसिष्टममा सहकारीको बेग्लै पहिचान बनाउने र सहकारीको पूर्ण प्रणालीलाई डिजिटल तरिकाबाट पेपरलेस बनाएर सेवा सुविधा प्रदान गर्ने पनि हाम्रो योजना छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
