७ कार्तिक २०७८, आईतवार

कोभिड–१९ महामारीमा सहकारीले निर्वाह गरेको भूमिका

९ श्रावण २०७७, शुक्रबार
कोभिड–१९ महामारीमा सहकारीले निर्वाह गरेको भूमिका

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले निम्त्याएको लकडाउनका कारण समग्र अर्थतन्त्र प्रभावित भएको छ । यसबाट व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्था, पूँजी बजारका साथै सहकारी क्षेत्र पनि अछुतो छैन । कोरोना महामारीको विषम परिस्थितिमा सहकारी संस्थाहरुलाई पनि वित्तीय परिचालनमा असहजता सृजना भएको छ । वर्तमान समयमा सदस्य प्रतिको दायित्व र सामाजिक दायित्व झनै बढेको छ । सहकारीहरु आर्थिक उन्नती संगसंगै सामाजिक उत्तरदायित्व वहन गर्न पनि उत्तिकै सहयोगी बन्दै आएका छन् ।

पछिल्लो तथ्यांक अनुसार देशभर ३४ हजार ८ सय ३७ सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुमा ७७ अर्ब २४ करोड सेयर पुँजी रहेको छ । ६५ लाख १५ हजार ४ सय ६० जना मानिस सहकारीमा आवद्ध भएका छन् भने ६८ हजार ४ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को फागुनसम्ममा सहकारी क्षेत्रमा ३ खर्ब ५० अर्ब ५८ करोड बचत र ३ खर्ब ४१ अर्ब ७१ करोड ऋण परिचालन भएको आर्थिक सर्वेक्षण देखाएको छ ।

सहकारीको इतिहासलाई फर्केर हेर्ने हो भने यसको जन्म नै अत्यन्त कष्टकर समयमा भएको हो । बेलायतमा रोवर्ट ओवेनले सहकारीको आवश्यकता बोध गरिरहँदा त्यहाँ विभिन्न समस्या, गरिबी, भोकमरी, भेदभावको सामना गर्नु पर्यो । यस्ता समस्याबाट ग्रस्त रोचाड़ेले आपसमा मिलेर सानो सानो पुँजीको स्थापनाद्वारा नै पहिलो सहकारी संस्थाको स्थापना गरेको थिए । पछि जर्मनका राइपÞmाइसनको सहकारी अभियानले व्यापकता पायो । सहकारीहरू मूलतः सदस्यहरुले सदस्यहरुद्वारा सदस्यहरुकै लागि सञ्चालन व्यवस्थापन र प्रर्वद्धन गर्दै आएको संस्था हो । यसले विशेषगरी आफ्ना सदस्यहरु जो सहकारी संस्था प्रति अपनत्व दिए, छुट्टै पहिचान स्थापना गर्न सहयोग गरे र सहकारीको अस्तित्व उनीहरुद्वारा नै सृजना भयो । उनीहरुको समस्यालाई नजिकबाट नियालेर कठिन समयमा संरक्षकको भूमिका निर्वाह गरिरहेका छन् । सहकारीले सदस्यलाई विभिन्न किसिमका समसामयिक समस्याबाट जोगाऊन आफ्ना कर्तव्य र जिम्मेवारीप्रति सजग भई सकारात्मक कदमहरु चालिरहेका छन् ।

सहकारी संस्थाको मूल ध्येय भनेको सदस्यको जीवनस्तरमा सुधार ल्याई गुणस्तरयुक्त जीवनयापन गर्न सहजता प्रदान गर्नु हो । तर। अहिलेको विषम परिस्थितिमा सदस्यको जीवनरक्षा तथा स्वास्थ संवेदनशीलता प्रति उच्च सतर्कतामा ध्यान दिन अग्रसर रहेको छ । महामारीको कारण लामो समयसम्मको लकडाउनले मानिसहरुमा एक किसिमको मानसिक तनाव, डर, भय उत्पन्न हुनसक्छ । त्यसबाट उन्मुक्त गराउनका लागि विभिन्न किसिमका गतिविधिहरु मनोसामाजिक परामर्श, जागरण अभियान, उत्प्रेरणा तालिम, जीवन सुरक्षात्मक उपाय आदि क्रियाकलापहरु सहकारी संघले गर्दै आएको छ ।

सहकारीहरुले सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफस्कुनसँगको पहल र समनन्यय गरी मानिसहरुमा साकारात्मक सोचको विकास, तनाव व्यबस्तापन, हौसला प्रदान साथै अन्य क्रियाकलाप गर्दै आएको छ । वास्तवमा वित्तीय कारोबार गर्ने क्षेत्रहरु मध्ये सहकारी क्षेत्र अत्यन्तै संवेदानाशिल भएको छ । यसका साथै सहकारीले आफ्नो सदस्य लगायत समुदाय र राष्ट्रको हितको लागि पनि उत्तिनै सकृय भूमिका निर्वाह गरेको अवस्थामा आर्थिक संकटख भोकमरीख गरिबी तथा अन्य विविध समस्याबाट बेरोजगारी र गरिबीको रेखामुनी रहेका सिमान्तकृत वर्ग विशेषगरी प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा सहकारी क्षेत्रले उल्लेखनिय कार्यहरु गरेका छन् । विपन्न वर्ग र आर्थिक अवस्था कमजोर भएको सदस्य पहिचान गरि आवश्यकता अनुरुपको आर्थिक सहयोग, राहत तथा सहुलियत प्रदान गर्दै आएको छ । अत्यावश्यक सामग्री परिपूर्ति गर्ने, पहुँच भएसम्म उत्पादित कृषि सामग्री बजारिकरण गरि उपभोक्ता समक्ष पुर्याउने, गरिब सडक बालबालिका तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने निम्न मध्यम वर्गीय परिवारलाई खाद्यान्नको प्रबन्ध मिलाउने कार्य गर्दै आइरहेको छ ।

त्यस्तै सहकारी र सदस्यबीच सहकार्य सहकारी र अन्य यसका निकायसँगको सहकार्यका साथ साथै स्थानीय तहसँगको समजदारीमा केही हदसम्म भएपनि सहयोग प्रदान गरेको छ । सदस्यलाई आर्थिक सुरक्षाको प्रत्यभूती दिनको लागि कोरोना बिमा, कर्मचारीको स्वास्थ्य सुरक्षित सतर्कता तथा प्रविधिमार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

देशमा कोरोना संकटको अवस्थामा सहकारी क्षेत्रले गरेको उदाहरणीय भूमिका एकातिर छँदै छ भने अर्कोतिर यसले वित्तीय क्षेत्रमा बन्दबन्दिले वियलन सृजना भएका छन् । बचतको सुरक्षा, कार्यालय दैनिक सञ्चालनमा अन्यौलता, तरलता व्यवस्थापन, लक्ष्य अनुसारको उत्पादन र बतत संकलन नहुनु ऋण लगानी नहुँदा कठिनाई भएको छ ।

समयमै सदस्यले ऋण भुक्तानी, साँवाको ब्याज भुक्तानी समेत गर्न नसक्नु, उत्पादित वस्तु तथा सामग्री बजारीकरण नहुनु, उत्पादन नस्ट हुने, सहकारीबाट संचालित व्यापारी व्यवसाय संचालनमा नआउनु लगायत विविध समस्या सहकारीले सामना गर्नु परेको छ ।

यस महामारीबाट सृजित चुनौतिका बीच पनि प्रभावकारी संचालन र व्यवस्थापन गर्न सकेमा नेपालका सहकारीहरू अर्थव्यवस्थाको महत्वपूर्ण पाटोको रुपमा स्थापित हुन्छ । सहकारीले सदस्य र समुदायलाई वित्तीय सेवाको साथसाथै सामाजिक उत्तरदायित्व पनि वहन गरेको छ । सहकारी भनेको बचत गर्ने र ऋण लगानी गर्ने ठाउँ मात्र हो भन्ने दृष्टिकोणमा परिवर्तन आएको छ । सहकारी संख्यात्मक बृद्धिलाई पनि सदस्य र समाजको बृद्धि र विकासमाभन्दा के कस्तो भूमिका निर्वाह गर्यो भन्ने कुरालाई ध्यान दिई यसको प्रभावकारी व्यवस्थापन र प्रर्वद्धन गर्न सकेमा सहकारी ले मुलुकको दिगो र समुन्नत अर्थतन्त्र निर्माणमा सहयोगी भूमिका खेल्नसक्छ ।

अभिलेख

लोकप्रिय