ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्रगत ‘ज्येष्ठर अग्रज सदस्यसँग विकू आशीर्वाद’ कार्यक्रममार्फत चौतारा मर्मत एवं प्रतिक्षालय हस्तान्तरण विशेष कार्यक्रम शनिबार सम्पन्न गरेको छ।
रत्ननगर नगरपालिका वडा नं. १२, जिरौनास्थित बागदेवी किसान टोल विकास समितिको संयोजनमा आयोजित उक्त कार्यक्रममा नवनिर्मित विकू प्रतिक्षालय उक्त बागदेवी किसान टोल विकास संस्थालाई हस्तान्तरण गरेको हो।
रत्ननगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष सुदर्शन सुवेदीको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा, स्थानीय जनप्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, शेयर सदस्य तथा कर्मचारीहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको ‘ज्येष्ठ सदस्य सम्मान’ अन्तर्गत स्थानीय अग्रज सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । अग्रजहरूको सुखद र स्वस्थ जीवनको कामना गर्दै संस्थाको तर्फबाट पोषिलो खाना मह र हिँडडुलमा सहजताका लागि विकूटेक्ने लठ्ठी समेत प्रदान गरिएको थियो ।
विकू बचतले ‘गर्भदेखि स्वर्गसम्मका कार्यक्रमहरु’ मार्फत सदस्य र समाजमा उत्कृष्ठ सेवा प्रदान गर्दै, संस्थाले भौतिक पूर्वाधार निर्माण र ज्येष्ठ नागरिकको सम्मानलाई एकैसाथ अघि बढाउँदै विकूले समुदायप्रति आफ्नो उत्तरदायित्व पुनः प्रमाणित गरेको भन्दै वडाअध्यक्ष सुदर्शन सुवेदीज्यूले विकूलाई धन्यवाद दिएका थिए।
कार्यक्रमका अतिथिरूले विकूले वित्तीय सेवा मात्र नभई सामाजिक एकता र सेवामा पनि अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार