२२ कात्तिक २०८३, आईतवार

दोलखालाई साकोस एकरुपता प्रणालीको नमुना जिल्ला बनाउने नेफ्स्कूनको घोषणा

२०७३ मंसिर २६, आईतवार
दोलखालाई साकोस एकरुपता प्रणालीको नमुना जिल्ला बनाउने नेफ्स्कूनको घोषणा

nepal-federation-of-savings-and-credit-cooperative-unions-ltd-nefscun

काठमाडौं । दोलखा जिल्लालाई साकोस एकरुपता प्रणालीको नमुना जिल्ला बनाइने भएको छ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून)ले देशैभर साकोस एकरुपता प्रणाली शुरु गरेको भएपनि दोलखा जिल्लालाई नमुना जिल्ला बनाउने घोषणा गरेको हो ।

शनिबार सम्पन्न जिल्ला बचत तथा ऋण सहकारी संघको साधारणसभामा यस्तो घोषणा गरिएको हो । साकोस अभियानमा स्वच्छ बनाउने उद्देश्यले दोलखालाई एकरुपता प्रणालीको नमुना जिल्ला बनाउने लागिएको नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले सहकारीखबरलाई बताए ।

जिल्ला बचत संघले नेफ्स्कूनको यो कार्यक्रमलाई स्विकार गरि आफ्नो नीति तथा कार्यक्रममा समेत समाबेश गरेको घिमिरेले बताए । नेफ्स्कूनले नमुना जिल्ला बनाउन जिल्लामा कर्जा सुचना केन्द्रको स्थापना गर्ने तयारी गरेको उनले बताए ।

अभिलेख

लोकप्रिय