२२ कात्तिक २०८३, आईतवार

नयाँ पुस्ता सहकारीको अध्यक्षमा शिवप्रसाद कोइराला र सचिवमा पुस्कर सापकोटा

२०७३ मंसिर २६, आईतवार
नयाँ पुस्ता सहकारीको अध्यक्षमा शिवप्रसाद कोइराला र सचिवमा पुस्कर सापकोटा

naya-pusta-sahakari

काठमाडौं । तारकेश्वर-२१ नेपालटार स्थित नयाँ पुस्ता बचत तथा ऋण सहकारी संस्थाको चौंथौ साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

संस्थाको शनिबार सम्पन्न चौंथौ साधारणसभा तथा दोस्रो अधिवेशनले शिवप्रसाद कोइरालाको अध्यक्षतामा सर्वसम्बत नयाँ नेतृत्व चयन गरेको हो । त्स्तै उपाध्यक्षमा दिपक सापकोटा, सचिवमा पुस्कर सापकाेटा, कोषाध्यक्षमा रबी रिमाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा लक्ष्मण दुवाडी, रमेश अधिकारी, भैरवी थापा निर्वाचित भएका छन् । सभाले लेखा संयोजकमा उमेश श्रेष्ठ र सदस्यमा रामशरण कोइराला, विनय रिजाल निर्वाचित गरेको छ ।

२ सय ११ सदस्य रहेको सहकारीको सेयर पुँजी ६४ लाख रहेको संस्थाका सचिव तथा प्रवन्ध निर्देशक पुस्कर सापकोटाले जानकारी दिए । सापकोटा जिल्ला सहकारी संघ काठमाडौं, क्षेत्र नं ६ का सह संयोजक समेत हुन् ।

naya-pusta-sahakari-2

अभिलेख

लोकप्रिय