२२ कात्तिक २०८३, आईतवार

गैँडाकोट साकोस र स्वाभिमान साकोसबीच एकीकरण

२०७३ मंसिर २५, शनिवार
गैँडाकोट साकोस र स्वाभिमान साकोसबीच एकीकरण

gaidakot-coop

नवलपरासी । गैँडाकोट १ मा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था र गैँडाकोट २ मा रहेको गैँडाकोट बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

एकीकरण पश्चात् गैँडाकोट स्वाभिमान वचत तथा ऋण सहकारी संस्था लिमिटेड गैडाकोट २ कायम गरिएको छ । शनिबार एक भब्य कार्यक्रमको बीच एकीकरण घोषणा गरिएको हो । कार्यक्रम सुरु गर्नु अघि पञ्चेबाजा र पञ्चकन्या सहित र्यालि निकालिएको थियो । र्याली साविक गैँडाकोट साकोस अघिबाट शिलन्यासचोक, विकास चोक, मिलन चोक, साविक स्वाभिमान साकोस परिसर हुँदै पुनः कार्यक्रम स्थलमा आइपुगेको थियो ।

एकीकरण पश्चात् संस्थाको पुँजी ४५ करोड ३० लाख पुगेको छ भने शेयर पुँजी ५ करोड १५ लाख पुगेको छ । बचत तर्फ ३५ करोड ६१ लाख पुगेको छ भने ऋण लगानी ३९ करोड ७२ लाख पुगेको छ । गैँडाकोट साकोस २०५० सालमा स्थापाना भएको थियो । त्यस्तै स्वाभिमान साकोस २०५३ सालमा स्थापना भएका थियो । संस्थाको सदस्य ५ हजार ८ सय ८२ जना पुगेको छ ।

संचालक समिती

अध्यक्ष : धन वहादुर पौडेल
वरीष्ठ : उपाध्यक्ष पोषण राज सुवेदी
उपाध्यक्ष : देवराज पौडेल
सचिव : कुल प्रसाद पाण्डे
कोषाध्यक्ष : शुरेन्द्र प्रसाद रेग्मी
सह-सचिव : बाबुराम खनाल
सदस्य : वेद प्रसाद गौडेल
सदस्य : धर्मानन्द शर्मा पौडेल
सदस्य : शान्ती सापकोटा
सदस्य : सकुन्तला तिवारी
सदस्य : प्रजापती सापकोटा
सदस्य : श्रीराम भट्टरार्इ
सदस्य : गोबर्धन ज्ञावाली
सदस्य : गीता कुमारी दाहाल
सदस्य : रोशन सापकोटा
सदस्य : लक्षमण कंडेल
सदस्य : खीमा कुमारी बस्याल

लेखा तथा सुपिरबेक्षण समीती
संयोजक : डा मती प्रसाद ढकाल
सदस्य : धु्व राम पौडेल
सदस्य : देवी पोख्रेल

अभिलेख

लोकप्रिय