डेढ महिनाभित्र सहकारी ऐन लागु हुने
पाल्पा । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले नेपालमा अब छिट्टै सहकारीमैत्री ऐन लागु हुने बताएका छन् । रामपुरमा अन्धकारमुक्ति ऋण तथा सहकारी संस्थाको आज १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री थानीले अबको डेढ महिनाभित्र सहकारीमैत्री ऐन लागु हुने बताए ।
सरकारले सहकारीलाई तीनखम्बे अर्थनीतिमा राखेको र बैंकले गर्ने काम गाउँगाउँमा सहकारीले गरेको उनको भनाइ थियो । गरिबी निवारणका लागि सहकारी सशक्त माध्यम बनेको भन्दै मन्त्री थानीले ग्रामीण भेगका जनताको जीवनस्तर माथि उठाउन सहकारीले ठूलो भूमिका खेलेको बताए ।
सहकारीले राष्ट्रको मेरुदण्डको रुपमा काम गरेको र सहकारीकै माध्यमबाट ६१ हजारले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । सहकारीको मूल्य मान्यतालाई विचलित नबनाउने प्रतिबद्धता समेत जाहेर गरे ।
अन्धकारमुक्ति ऋण तथा सहकारी संस्थामा ४२ करोड ४७ लाख २३ हजार कुल पुँजी तथा एक करोड २४ लाख ३६ हजार बचत रहेको सो सहकारीका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले जानकारी दिए । सहकारीमा करिब छ हजार महिला र दुई हजार बढी पुरुष सदस्य रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
