सहकारी जागरणका लागि 'गीति संग्रह'

काठमाडौं । सहकारी गीति संग्रह ‘एकका लागि सबै, सबैका लागि एक’ बजारमा आएको छ । शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाले बजारमा ल्याएको गीति संग्रहको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।
उक्त गीति संग्रहलाई सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवाली र गायक प्रमोद खरेलबाट संयुक्त रुपमा विमोचन गरिएको हो । संग्रहमा सहकारी सम्बन्धी ६ वटा गीत समावेश गरिएको छ ।

बिमोचन कार्यक्रममा बोल्दै सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवालीले समुदायमा सहकारी जागरण, सचेतना र सहकारी चिनाउने सन्दर्भमा गीत संगितले महत्वपूर्ण भूमिका खेल्ने बताए । दुर–दराजमा सहकारीका बारेमा जानकारी गराउन यस गीति संग्रह सफल हुने बताए । त्यस्तै गायक प्रमोद खरेलले गीतले सहकारी क्षेत्रमा विशेष भूमिका खेल्ने बताउँदै सहकारी क्षेत्रलाई समृद्धशाली बनाउने मद्दत पुग्नेछ । गीत संगीतको माध्यमबाट हरेक कुराहरु परिवर्तन हुने र सहकारी क्षेत्रमा पनि सहयोग हुने बताए । यसैगरी शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले सहकारी क्षेत्रमा जागरण फैलाउन यस्ता गीत संगित आवश्यक हुने बताए । सहकारीको बारेमा आम समुदायलाई जानकारी गराउने एउटा महत्वपूर्ण माध्यम गीत संगीत भएको धारणा राखे ।
संग्रहमा ‘एकका लागि सबै’, ‘थोपा थोपा मिलेर’, ‘पक्कै नेपाल बन्दै छ’, ‘गाउँ गाउँमा सहकारी’, ‘मेची कालि सबैतिर’ र ‘अनेकतामा एकता’ बोलको गीत रहेको छ । प्रमोद खरेल, हेमन्त शर्मा, चेतन चुडाल र तिलक मल्लको स्वर रहेको गीतको शब्द दीपेन्द्र राउत, हिमालय प्रसाई र योगेन्द्र पौडेलको रहेको छ । यस गीति संग्रहको आधिकारीक विक्रेता को–अपरेटिभ मिडिया सोलुसन रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
