२२ कात्तिक २०८३, आईतवार

आर्थिक विकासको मूल आधार सहकारी : सहकारी विभाग प्रमुख खाँण

२०७३ मंसिर १८, शनिवार
आर्थिक विकासको मूल आधार सहकारी : सहकारी विभाग प्रमुख खाँण

laliguras_agm

काठमाडौं । रक्षामन्त्री तथा नेपाली कांग्रेस कृषि तथा सहकारी विभाग प्रमुख बालकृष्ण खाँणले आर्थिक विकासको मूल आधार सहकारी रहेको बताएका छन् । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खाँणले सहकारीलाई उत्पादन र सिर्जनशील बनाउन आवश्यक रहेको बताए ।

एमाले नेता राजेन्द्र पाण्डेले सहकारी आन्दोलनले मुलुकका ५३ लाख नागरिकलाई समेटेर अघि बढ्नुका साथै महिला सशक्तीकरणमा ठूलो योगदान पु¥याएको बताए । त्यस्तै, एमालेका नेता तथा सहकारी विभाग प्रमुख पशुपति चौलागाईंले मुलुकको अर्थतन्त्र विकासको अनिवार्य आन्दोलनका रूपमा रहेको सहकारीले सबै जातजाति, भाषाभाषी, धर्म, वर्ग, पेसा र विचार बोकेका मानिसलाई एकताबद्ध गर्न सफल भएको धारणा राखे ।

सांसद एवं कांग्रेस नेता उदयशमशेर राणाले बैंकको पहुँच नपुगेको क्षेत्रमा सानो पँुजी भएका जनतालाई गोलबन्द गरेर सहकारीको माध्यमबाट जीवनस्तर माथि उकास्न पु¥याउँदै आएको योगदान अरू क्षेत्रका लागि उदाहरणीय बनेको बताए । सांसद मदन अमात्यले लालिगुँरास सहकारीले शिक्षा, स्वास्थ्य, ऊर्जा र समाजसेवामा पु¥याउँदै आएको योगदानको प्रशंसा गरे । सांसद तथा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले गाउँमा छरिएर रहेको सानो पँुजीलाई एकीकृत गरी त्यसलाई उत्पादनसँग जोडेर जनताको जीवनस्तर उकास्ने मुख्य लक्ष्य रहेको सहकारीलाई अरू वित्तीय संस्थासँग जोडेर हेरिन नहुने बताइन् ।

संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, सरकारलाई राजस्वमा गरेको योगदानका आधारमा आफ्नो संस्थाले अग्रणी स्थान लिन सफल भएको बताए । संस्थाले आर्थिक वर्ष २०७२/०७३ मा चार करोड १२ लाख ८२ हजार राजस्व बुझाएको छ । संस्थाले आव २०७२/७३ मा आठ करोड ३३ लाख ३६ हजार मुनाफा आर्जन गरेको छ, भने चालु आवमा चार अर्ब ६२ करोड २९ लाख ६३ हजार कारोबार गरेको छ । निक्षेप तीन अर्ब ९२ करोड ३४ लखा २२ हजार पुगेको संस्थाले जनाएको छ ।

संस्थाको कर्जा लगानी चालु आवमा तीन अर्ब चार करोड ३१ लाख ५४ हजार तथा सेयरपुँजी ३२ करोड चार लाख ५३ हजार रहेको छ ।

अभिलेख

लोकप्रिय