१७ सहकारीका संचालक आयोगमा हाजिर भए, ४ वटाको मूल्यांकन लेखापरीक्षण
काजी श्रेष्ठ
काठमाडौं, २६ माघ । ७० वटा समस्याग्रस्त सहकारी मध्ये १७ वटाका पदाधिकारी मात्र आयोगमा हाजिर भएका छन् । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानविन गर्न गठित जाँचबुझ आयोगले हाजिर हुन आएका संचालक तथा अध्यक्षको बयान भई रहेको जनाएको छ ।
ति संस्थाहरुलाई आयोगले संस्थाको हिसाव किताव श्रेस्ता विवरण दाखिल गराउन लागिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सहकारीखबर डटकमलाई जानकारी दिए । वचत फिर्ता गराउन उनीहरुसंग योजना र कार्यक्रम पेश गर्न आदेश दिइएको समेत उनले बताए । त्यस्तै आयोगले ४८ सहकारी संस्था उपर पक्राउ गर्न प्रहरी प्रधान कार्यालय नक्साल लाई आग्रह गरेको छ । जाँचबुझको लागि उपस्थित हुन म्याद दिइएकोमा उपस्थित हुन नआई भागि हिडेकाले ति सहकारी संस्थाका प्रमुखहरुलाई प्रहरी मार्फत पक्राउ गरी आयोगमा उपस्थित गराउन आग्रह गरेको हो ।
आयोगमा हाजिर भएका संस्था र संचालकको नाम
१. ओरियन्टल सहकारी, अध्यक्ष सुधीर बस्नेत
२. गुण सहकारी, अध्यक्ष राजेन्द्र शाक्य
३. प्यासिफिक सहकारी, अध्यक्ष धीरेन्द्र मानन्धर
४. कोरोना सहकारी, कोषाध्यक्ष राजेन्द्र लाल मानन्धर र सचिव बिन्जु श्रेष्ठ
५. शुभश्री सहकारी, पूर्व अध्यक्ष नगेन्द्र शर्मा
६. नवराजधानी सहकारी, अध्यक्ष सगुन पाण्डे
७. सहायता सहकारी, कमल शम्शेर राणा र लेखराज राई
८. स्टण्डर्ड सहकारीका अध्यक्ष खेमराज निरौला र संचालक राजु श्रेष्ठलाई ठगी मुद्दामा थुनामा रहेको कारागारबाट झिकाएर माघ ५ गते देखि बयान भइ रहेको ।
९. रिनाउन बहुमुखी सहकारी, अध्यक्ष दिनेश श्रेष्ठ
१०. दीप शिखा सहकारी, अध्यक्ष दीपक लामा
११. एरिया सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ बानेश्वर, अध्यक्ष सतीश कुमार धिताल
१२. पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लि, चावहिल, दुर्गाप्रसाद दाहाल
१३. चार्टड बचत तथा वचत सहकारी संस्था लि. कमलादी, अध्यक्ष युवराज अर्याल, फरार
मेनेजर सविना शर्मा र ऋण अधिकृत नवीन कोइराला हाजिर हुन आएको
१४. रुपान्तरण वचत तथा ऋण सहकारी संस्था मैतीदेवी, अध्यक्ष माणिकरत्न स्थापित हाजिर हुन आएका । माघ १२, ०७०, तर समस्याग्रस्त नदेखिएको, बोलाएक वखत आउने गरी छाडेको ।
१५. कन्जुमर वचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष राजेश आचार्य, ओरियन्टलकै शाखाको रुपमा स्थापित ।
१६. परिमल वचत तथा ऋण सहकारी संस्था बालाजु, काठमाडौं, अध्यक्ष भूपेन्द्र बस्नेत
१७. सुलभ वचत तथा ऋण सहकारी संस्था बानेश्वर, अध्यक्ष सज्जनकुमार भट्टराई
मूल्यांकन लेखापरीक्षण गरिएका सहकारी
१. सहायता वचत तथा ऋण सहकारी
२. रिनाउन वचत तथा ऋण सहकारी
३. स्टाण्डड वचत तथा ऋण सहकारी
४. शुभश्री सहकारी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार