ताइवानका सहकारीको अध्यययनमा नेपाली टोली
काठमाडौं । ताइवानका सहकारीहरुको अध्ययन अवलोकनका लागि आयोजित एक हप्ते कुलरक अवलोकन कार्यक्रममा गएको नेपाली टोली शनिवार नेपाल फर्किएको छ । क्रेडिट यूनियन लेज अफ द रिपब्लिक अफ चाइना (कुलरक) ले एशियाली ऋण महासंघ (अक्कु) मा आवद्ध देशका सहकारीकर्मीहरुका लागि प्रत्येक वर्ष अवलोकन कार्यक्रम आयोजना गर्दै आएको छ ।
कात्तिक २२ देखि २६ गतेसम्म ताइवानको ताइजुङमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका तर्फबाट अध्यक्ष रमेश पोखरेल र सञ्चालक रामबहादुर जिसीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) अक्कुका सदस्य रहेका छन् ।
कुलरकले सञ्चालन गरेको कार्यक्रममा ताइवानमा सहकारीको विकास, सहकारी मार्फत देशको आर्थिक तथा सामाजिक उत्थानमा भएको प्रगतिका विषयमा फेङ चिया विश्व विद्यालय र कुलरकका पदाधिकारी तथा विज्ञहरुले जानकारी गराएका थिए । फेङ चिया विश्व विद्यालय सहकारी अर्थतन्त्र विभागका प्रमुख वो चाओ चानले सहकारी मार्फत देशको आर्थिक विकासमा भएको उपलब्धी तथा सहकारी शिक्षाका बारेमा जानकारी गराएका थिए ।
टोलीले ताइजुङको पहिलो वचत तथा ऋण सहकारी डाओ मिङ क्रेडिट यूनियन, ग्रामिण क्षेत्रमा सञ्चालित टोङ मिङ क्रेडिट यूनियन, घरेलु यूनियन उपभोक्ता सहकारी, चाओ स्याङ क्रेडिट यूनियनको अवलोकन गरेको थियो । ताइवानमा वचत तथा ऋण सहकारी भन्दा उपभोक्ता सहकारी सफल रहेको टोलीका सहभागी बैंकका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।
उपभोक्ता सहकारीमा ७० हजार शेयर सदस्य रहेका छन् । सदस्यहरुले उत्पादन गरेका वस्तुको विक्री वितरण तथा सदस्यहरुलाई आवश्यक पर्ने खाद्यान्न लगायत वस्तु समेतको व्यवस्थापन गरेको होम मेकर्श यूनियन कञ्जुमर सहकारीका अध्यक्ष शु शियू चियोले जानकारी गराएका थिए । कुलरकका अध्यक्ष तथा एशियाली ऋण महासंघका उपाध्यक्ष ऊ तियन तेङले कुलरक एक्पोजर कार्यक्रमबाट विभिन्न देशमा सहकारी मार्फत भएका प्रगतिका बारेमा जानकारी लिई आफ्नो देशको सहकारी अभियानलाई प्रभावकारी बनाउन तथा कमजोरीहरुलाई सुधार गर्न सहयोग पुग्ने बतए । अवलोकन भ्रमणमा नेपाल सहित बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स र म्यानमारका गरी १२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालको सहकारी अभियान र बैंकको अवस्थाका बारेमा अध्यक्ष रमेश पोखरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
