२२ कात्तिक २०८३, आईतवार

नारायणी बहुउद्देश्यीय सहकारीमा नेतृत्व चयनकाे सकस

२०७३ कात्तिक २९, सोमबार
नारायणी बहुउद्देश्यीय सहकारीमा नेतृत्व चयनकाे सकस

narayani-maltiprapusहेटौंडा । हेटौंडा ९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्सालको प्रमुख अतिथ्यतामा सासाधारणसभा भएको हो ।

साधारणसभाको उद्घाटन सत्र सकिएपनि बन्द सत्र अझै जारी छ । साभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले साधारणसभा जारी छ । अध्यक्ष, उपाध्यक्ष र सचिव सर्बसम्बत भएका छन् भने सदस्य पदमा निर्बाचन हुने भएको छ । १० सदस्यका लागि ३० उम्मेदवारी परेको छ । सहमतीको लागि प्रयास जारी रहेको संस्थाका नव निर्बाचित अध्यक्ष रामहरि न्यौपालेले जानकारी दिए । आज दिनभरी सहमतीको प्रयास जारी रहने र सहमती हुन सकेन भने भाली बिहान ८ बजेबाट निर्बाचन प्रैक्रिया शुरु गरिने उनले बताए ।

सस्थामा हाल १ हजार १ सय ३५ सदस्य रहेका छन् भने शेयर पुँजी २ करोड ४५ लाख ६१ ह्जार २ सय रहेको छ । त्यसैगरी ९ करोड ५४ लाख ९१ ह्जार ७ सय ३५ बचत र ९ करोड ३३ हजार ९ सय ७२ ऋण लगानी गरीएको छ ।

अभिलेख

लोकप्रिय