सहकारी संस्थामा तरलता व्यवस्थापन कसरी गर्ने ?
तरलता घरेको अबस्थामा लगानीलाई नियन्त्रण गर्नुपर्ने हुन्छ र तरलताको वैकल्पिक व्यवस्था गर्नुपर्छ । अर्को कुरा तरलता बढी भएको अवस्थामा लगानीलाई जोड दिनुपर्छ
वित्तीय कारोवार गर्ने सहकारीको मुख्य चुनौती भ
नेको तरलता व्यवस्थापन हो । यदि तरलता व्यवस्थापन गर्न सकेन भने विश्वासको संकट पैदा हुन्छ । संस्थाको वित्तीय व्यवस्थान गर्ने नीतिमा ध्यान पुगेन भने हाम्रोसामु तरलतामा कमी आउन सक्छ । सकेसम्म भुक्तानी दिनुपर्ने खालका रकम संस्थामा नराख्ने तर तरलतामा निरन्तर ध्यान दिएर कारोबार गर्नुपर्ने हुन्छ । तरलता घरेको अबस्थामा लगानीलाई नियन्त्रण गर्नुपर्ने हुन्छ र तरलताको वैकल्पिक व्यवस्था गर्नुपर्छ । अर्को कुरा तरलता बढी भएको अवस्थामा लगानीलाई जोड दिनुपर्छ । त्यस्तै निक्षेप फिर्ता नीतिलाई परिर्वतन, ऋण क्षेत्र फराकिलो बनाउनु पर्छ ।
तरलता लगानी र तरलता सम्पत्तिलाई जोडेर बाँकी रकम बचत निक्षेपको १० प्रतिशत संस्थामा सधै भरी मौज्दात रहनुपर्छ । यदि भएन भने समस्या आउन सक्छ । संस्थामा वित्तीय बजार अनुसार बचतको व्याजदर निर्धारण हुन सकेन अर्थात् बजार भन्दा कम दर कायम भयो भने संस्थामा भित्रिने बचत बाहिर जान्छ । सदस्यहरुद्वारा बचत राख्न बाहिरी बैंकमा जाने र ऋण खान संस्थामा आउने हुँदा तरलताको अभाव सिर्जना हुन्छ । संस्थाले आफ्नो ऋण क्षमताभन्दा बढी ऋण लगानीको परिमाण तोकेमा वा ऋणको भाका एकमुष्ट लामो समयपछि तिर्ने प्रकारको ऋण नीति तय गरेमा पनि तरलताको अभाव पैदा हुन्छ । त्यस्तै बचतका उत्पादन तथा सेवा भएमा बचत भित्रिन नसकी अभाव सिर्जना हुन्छ ।
त्यस्तै ऋणको भाका नाघ्नु, ऋण नवीकरण नगर्नु, समयमा व्याज असुली नहुनु, स्थिर सम्पति लागतरहित कोषको अनुपातमा बढी हुनु र पल्र्सले आत्मसाथ गरेको प्रभावकारी वित्तीय संरचनामा ध्यान नदिदा पनि तरलताको अभाव हुने गरेको छ । तरलता व्यवस्थापनका लागि पल्र्स ले सही मार्गदर्शन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
