सहकारीको अर्बौं लगानी अनुत्पादक क्षेत्रमा
काठमाडौ, २४ माघ । बार्षिक ५ करोड माथि करोबार गर्ने अधिकांश बचत तथा ऋण सहकारी संस्थाले उठाएको निक्षेपको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा लगानी गरेको देखिएको छ। सहकारीले संस्थागत क्षेत्रमा समेत धेरै लगानी गरेका छन्।
सहकारी विभागको एक टोलीले गरेको अध्ययनले सहकारी संस्थाले जथाभावी लगानी गरेको र यस्तो लगानी जोखिममा समेत रहेको उल्लेख गरेको छ। सहकारी संस्थाले गरिरहेको कारोबार अत्यन्तै भद्रगोल देखिएको छ, सहकारी विभागका उपरजिष्टार नारायण प्रसाद ज्ञावलीले भने, सहकारी भन्दै आफ्नो कम्पनीमा लगानी गरेर असिमित नाफा कमाउने उद्देश्य लिएका समूह देखिएका छन्। जानेर वा नजानेर यस्तो कार्यमा लागेको भेटिएको उनले जानकारी दिए ।
अनुगमन सञ्चालकले संस्थाको निक्षेप दुरुपयोग गरेको, सदस्य नबनाइ कारोबार गरेको, प्रर्याप्त धितो र प्रक्रिया नपु¥याइ कर्जा लगानी गरेकोलगायतका दजनौ त्रुटि भेटिएको बताइएको छ । बिभागले माघ महिनामा २ सय १९ सहकारीको अनुगमन गरि सक्ने बताएको छ । ज्ञावालीका अनुसार सहकारीले सदस्यहरुलाई ऋण दिदा एकै व्यक्तीलाई ब्यक्तीगत जमानीका आधारमा बिना धितो लगानी गरेको समेत भेटिएको जानकारी दिए । कति पय संस्थाले धितो राखेर ऋण दिएको अवस्था रहे पनि त्यसको सहि मुल्यांकन नै नभएको बताए ।
सहकारीखबरसंग कुराकानी गर्दै ज्ञावलीले भने , “हामीले अनुगमनको क्रममा एकै व्यक्तीमा धेरै कर्जा प्रवाह भएको समेत फेला परेका छौ ”। त्यस्तै एउटै कर्जा पटक पटक गरि १० बर्ष सम्म पनि नविकरण गरेको भेटिएको छ , उनले भने । त्रुटि देखिएका सहकारीका सञ्चालकलाई विभागमा बोलाएर सुधारको लागि निर्देशन दिने गरेको ज्ञावालीले जानकारी दिए । सोही अनुसार ५० प्रतिशत सहकारीमा सुधार आएको बिभागले दाबी गरेको छ । तर विभागले हाल सम्म समस्यामा परेकf सहकारीहरु सुधार भएको तथयांक भने दिन सक्दैन ।
सहकारीले अहिलेसम्म साना तथा मझौला उद्योगमा कर्जा र केही उद्योगमा सेयर लगानी गरेका छन् । बलियो नियमन नभएका कारण सहकारीमा जम्मा भएको ठूलो रकम जोखिममा रहेको सरकार र नेपाल राष्ट्र बैंकसमेतले जनाउँदै आएका छन् । बचत तथा ऋणको कारोबार गर्ने केही संस्थाले सर्वसाधारणको बचतसमेत हिनामिना गरेको घटना सार्वजनिक भइरहेका छन् । विभागका अनुसार ५ करोडभन्दा बढी कारोबार गर्ने सहकारीको संख्या ५ सयभन्दा बढी छन् । बजेट र जनशक्ति नभएकाले सबै सहकारीको सघन अनुगमन गर्न नसकिने विभागका अधिकारी नै बताउछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार