२२ कात्तिक २०८३, आईतवार

नेपाल लायन सहकारीको सोह्रौं बार्षिक साधारणसभा सम्पन्न

२०७३ असोज १८, मङ्गलबार
नेपाल लायन सहकारीको सोह्रौं बार्षिक साधारणसभा सम्पन्न

nepal-lionकाठमाडौं । नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सोह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुबेर बहादुर राउत क्षत्रीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

उक्त सभामा अध्यक्ष राउतले आ.ब. २०७२/०७३ मा १०७३ सेयर सदस्य पुगेको जानकारी गराउँदै २०७३ भदौ मसान्तसम्म ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ सेयर पूँजी संकलन भइसकेको जानकारी दिए । त्यसैगरी निक्षेप संकलन २७ करोड ०८ लाख ९४ हजार पुगेको, कर्जा लगानी २९ करोड ११ लाख ५८ हजार गरेको जानकारी सभामा दिइएको थियो । त्यसैगरी संस्थाले खुद नाफा ४२ लाख ८८ हजार भएको जानकारी अध्यक्ष राउतले गराए ।

संस्थाले आ.ब. २०७२/०७३ को मुनाफाबाट संस्थाका सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताब सर्वसम्मतबाट पारित गरेको थियो । सभामा अध्यक्ष राउतले संस्थाको चौतर्फी विकासको लागि सदस्यहरुबाट पाएको सहयोग, कर्मचारीहरुको लगनशिलता एवं व्यवस्थापन पक्षको दक्षताले लक्ष्य प्राप्त गर्न सकेको भन्दै आगामी दिनमा सबैबाट यस्तै प्रकारको सहयोग र सदभाव प्राप्त भइरहने विश्वास व्यक्त गरे । सदस्यहरुलाई आगामी दिनमा अभ्m प्रतिफल दिन संस्था प्रतिबद्ध रहेको सभामा सदस्यहरुलाई जानकारी दिइएको थियो ।
संस्थासँग विभिन्न शिर्षक अन्तर्गत १ करोड ३० लाख ५० हजार रुपैयाँको कोष रहेको जानकारी दिइएको थियो । यसले पनि संस्थाको स्थिति सुदृढ र सबल रहेको कुरा कोषको व्यवस्थाले इंगित गरेको अध्यक्ष राउतले बताए ।

सभामा संस्थाका लेखा समितिका संयोजक देवराज सुबेदीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । उनले सेयर पूँजीमा उल्लेख्यरुपमा बृद्धि हुन नसके पनि बचतमा २९.५० प्रतिशतले, लगानीतर्फ २८.१६ प्रतिशतले बृद्धि भएको जानकारी गराए ।

प्रकाशित मिति : २०७३ असाेज १८

अभिलेख

लोकप्रिय