२२ कात्तिक २०८३, आईतवार

कास्कूनको १४ औं स्थापना दिवस

२०७३ असोज १८, मङ्गलबार
कास्कूनको १४ औं स्थापना दिवस

kascun

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को १४ औं स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा सहकारी तथा गरिबि निवारण मन्त्री ह्दयराम थानिले कास्कूनको मुखपत्र ‘कास्कून सन्देश’ र वेभसाइट www.kasccun.com को शुभारम्भ गरेका थिए । कार्यक्रममा मन्त्री थानिले सहकारी मैत्री ऐन आउने कुरामा विश्वस्त हुन सहकारीकर्मीहरुलाई आग्रह गरेका थिए । सहकारीको माध्यमबाट नै देशको सर्वाङ्गीण विकास गर्न सकिने बताउँदै त्यसका लागि सम्पूर्ण सहकारीकर्मी विकासको काममा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

त्यसैगरि विशेष अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सांसद् केशव बडालले समाज परिवर्तनको पर्याय नै सहकारी भएको बताए । त्यसैगरि राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबि उप्रेतीले स–साना पुँजीलाई जम्मा गरेर ठूला ठूला विकासका परियोजनाहरुमा लगानी गर्न सकिने एक मात्र माध्यम सहकारी भएको बताए । यस्तै कार्यक्रममा कास्कूनका अध्यक्ष केशव दंगालले काठमाडौंमा रहेका सबै बचत तथा ऋण सहकारीहरुको छाता संगठन कास्कूनले समग्र सहकारी क्षेत्रको हितमा काम गर्ने बताए । त्यसैगरि कास्कूनको वेभसाइट र कास्कून सन्देश निर्माण र प्रकाशनको जिम्मेबारी लिएको सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का कार्यकारी प्रमुख प्रकाश थापाले वेभसाइट र कास्कून सन्देशकोबारेमा सदस्यहरुलाई जानकारी दिदै सूचना चौतारी सञ्चार सहकारी संस्थाले देशभरका सहकारीहरुसंग मिडिया हबकोरुपमा काम गरिरहेको बताएका थिए ।

img_0173

निकट भविष्यमा काठमाडौ जिल्ला भरि स्थापित र संचालित ३००० भन्दा बढीको संख्यामा रहेका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरुलाई यस छाता संगठनको पहुँच सम्म ल्याउने र बढी भन्दा बढी सदस्यता वितरण गर्ने योजना रहेको छ । सदस्य संस्थाहरुलाई सर्वसुलभ र सहज सेवा पुर्याउने नीति अनुरुप काठमाडौं कलंकीमा एक सदस्य सेवा केन्द्र र चावहिल–७, काठमाडौंमा रहेको संघको केन्द्रिय कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा क्षेत्रीय सदस्य सेवा केन्द्रहरु क्रमशः स्थापना र संचालन गर्ने नीति तथा योजना रहेको छ । हाल यस संघमा कुल ११ जना कर्मचारी कार्र्यरत रहेका छन् र कुल सम्पति लगभग २७ करोड रहेको छ ।

अभिलेख

लोकप्रिय