सहकारी ऐनमा अभियानको भावना समेट्छु: सहकारी मन्त्री

सिमरा । सहकारी तथा गरीवी निवारण मन्त्री मा. हृदयराम थानीले प्रस्तावित सहकारी ऐनमा अभियानको भावना समेटेर पूर्णता दिने प्रतिवद्धता जनाएका छन् ।
सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा उदघाटन गर्दै मन्त्री थानीले सहकारी सुशासन र नियमनका लागि प्रभावकारी कानून ढिला भएको महशुश गर्दै आफुहरुले विधेयकको रुपमा प्रस्तुत गरेको बताए । सहकारी क्षेत्रभित्र देखिएका विकृति र जोखिमहरुलाई हल गर्ने थानीले बताए ।
‘सहकारी कानून अघि बढिरहँदा देशभर कार्यक्षेत्र राख्न पाउनुपर्ने, सञ्चालक नै व्यवस्थापक भएर आफनो तलव आफैै तोक्ने, बैंक वित्तिय संस्था सरह चलाउन पाउनुपर्ने मागहरु आएका छन्।’ उनले भने, ‘मागहरु सहकारी सिद्धान्त र मूल्यमान्यता अनुरुप छैन । अभियानले न्यायोचित माग गर्नुपर्यो ।’ करको सन्दर्भमा पनि आफुहरु गम्भिर भएको बताउँदै थानीले त्यसका सन्दर्भमा के गर्न सकिन्छ छलफल गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै हातेमालो साकोसका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी ऐनलाई अभियानमैत्री बनाउन विभिन्न सुझावहरु राखे । सहकारी सुशासन र नियमनका लागि संघहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने, करको दायरा घटाउनुपर्ने, एकीकरणलाई प्रवद्र्धन गर्न पौडेलले माग गरे । सहकारीहरु सामाजिक व्यवसाय भएकाले यसको योगदानलाई अंकमा मात्रै मापन गर्न नसकिने बताउदै पौडेलले यसको प्रवद्र्धन, विस्तार र नियमनबाट मात्रै राज्यले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए ।
प्रकाशित मिति: २०७३ असाेज १५
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
