राजधानीमै खुल्यो संगठित महिला 'सहकारी उद्योग'

काठमाडौं । काठमाडौंको चाहाचल स्थित संगठित महिला फोहोर व्यवस्थापन सहकारीले ‘खाद्य प्रशोधन उद्योग’ संचालनमा ल्याएको छ ।
शुक्रबार एक कार्यक्रमकोबीच व्यवस्थापिका संसद्का सदस्य राज्यलक्ष्मी श्रेष्ठको हातबाट उद्योग संचालनमा ल्याएको हो । सो उद्योगबाट हाल जौ को सातु, चनाको सातु र सर्वोतम पिठो उत्पादन गरिएको छ । सहकारी विभागको ३ लाख अनुदान र सहकारीको ३ लाख लगानी गरी कुल ६ लाखको लागतमा उद्योग स्थापना गरिएको संस्थाका अध्यक्ष रश्मी अधिकारीले जानकारी दिईन । उद्योगबाट उत्पादित सामग्रीको विक्रि वितरणको लागि गुणस्तर विभागबाट अनुज्ञा पत्र लिनको लागि उत्पादीत सामग्री परिक्षणको क्रममा रहेको र केही दिनमै गुणस्तरको पत्र आउने बताईन । संस्थाले विशेष गरी गुणस्तर, तौल र मुल्यमा ध्यान दिएको बताईन ।
कार्यक्रममा बोल्दै सांसद् राज्यलक्ष्मी श्रेष्ठले सहकारीमार्फत भएको यो काम उदाहरणीय भएको बताईन । सहकारी मार्फत देशलाई आर्थिक समृद्ध बनाउ उत्पादन मुलक क्षेत्र, उद्योग लगायतको क्षेत्रमा लगानी गर्नुपर्ने बताईन । सहकारी संस्थाले आफ्ना सदस्यलाई उद्योगी बनाउन तर्फ काम गर्न सुझाव दिईन ।
त्यस्तै राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले सहकारीले आर्थिक, सामाजिक, साँस्कृतीत र पर्यावरणको क्षेत्रमा काम गर्नुपर्ने बताए । सहकारीहरु उद्योगमा जान नसकिरहेको अवस्थामा संस्थाले गरेको यो प्रयास सराहनिय रहेको बताए । फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम गर्न स्थापना भएको यस संस्था नेपालको सहकारी इतिहासमा फरक रहेको उनको भनाई थियो । काठमाडौंको फोहोर व्यवस्थापन गर्न कठिन भईरहेको अवस्थामा सहकारी स्थापना भई गरेको सुरुवातले निकै राम्रो सन्देश प्रवाह गरेको उनको भनाई थियो ।
संस्थाले गरेको गतिविधिको आधारमानै अनुदान वितरण गरिएको र अनुदानको सहि सदुपयोग गरी राम्रा काम गरेको सहकारी विभागका पूर्व उपसचिव विष्णु घिमिरेले बताए । फोहोर व्यवस्थापना क्षेत्रमा काम गर्न ठूलो सम्भावना रहेको बताउँदै घिमिरेले सहकारीमार्फत यस कार्य सफल हुने बताए । फोहोरबाट समेत निकाल्न सकिने हुँदा सहकारीले यस तर्फ पनि जोड दिन आग्रह गरे ।

त्यस्तै जिल्ला सहकारी संघ काठमाडौंका संचालक अमरावती बलामी (महर्जन)ले महिलाहरु दिदिबहिनीहरुले गरेको कामलाई अन्य सहकारीहरुले पनि सिक्नुपर्ने बताईन । संगठित महिला सहकारी संस्थाको उज्जल भविष्य रहेको बताउँदै महिलाहरुलाई उद्यमी बनाउन तर्फपनि केन्द्रीत रहन सुझाव दिए ।
संस्थाका कोषाध्यक्ष तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक रमिला श्रेष्ठ (शाक्य)ले शुभकामना मन्तव्य राख्दै फोहोरलाई मोहोर बनाउने अभियानमा सबैको साथ सहयोग आवश्यक रहेको बताईन । सहकारीले उद्योग संचालन गर्न कानुनहरु अवरोध रहेको र यस तर्फ बेलैमा ध्यान दिन सम्बन्धीत निकायको ध्यानर्कषण गराईन ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
