७ वैशाख २०८३, सोमबार

बिहानी साकोसको ३६५ दिनै सेवा

२०७० माघ २२, बुधबार
बिहानी साकोसको  ३६५ दिनै सेवा

पोखरा, २२ माघ ।  पोखराको सभागृह स्थित विहानी बचत तथा ऋण सहरकारी संस्थाले ३६५ दिन नै आफ्नो सेवा सुचारु गर्ने जनाएको छ । “आर्थिक उन्नती सम्भव छ बिहानी सगै ” भन्ने मुल नाराका साथ सञ्चालित उक्त सहकारीले ३६५ दिनै कारोबार गर्ने भएको हो ।

अधिकृत शेयरपूजीँ १० करोड रहेको उक्त सस्थाले ३६५ दिनै सेवा सञ्चालनमा ल्याएको संस्थाका प्रमुख व्यवस्थापक टंक अधिकारीले जानकारी दिए । उनले भने “अहिले बित्तिय बजारमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सहकारी सिद्धान्त तथा मुल्य र मान्यतालाई सिरोपण गर्दै विभिन्न जातजाति पेशा व्यवसायमा आबद्ध व्यक्ति तथा समुदायलाई एकबद्ध गरी थप उचाइमा लैजाने उद्देश्य सहकारीको छ ।”

संस्थामा हाल सम्म नियमित, ऐच्छिक आवाधिक लगायतका खाता गरि तिन हजार भन्दा बढि खाता संचालन छन् । संस्थामा विभिन्न १५वटा मनि टान्सफर,एस एम एस बैंकीङ्ग , वेबसाइट पेज संचालन भइरहेका छन् । साथै सदस्यको सुविधाको निम्ति संस्थाबाटै ल्यानलाइन टेलिफोन, ए डि एस एल इन्टरनेट, पोष्टपेड तथा प्रिपेड मोबाइलमा रिर्चाज, डिसहोम रिर्चाज लगायतको बिल भुक्तानी गरिने अधिकारीले बताए । आगामी दिनमा ग्राहक डिस्काउन कार्ड तथा ए बि बि एस सेवा समेत सहकारीका प्रमुख व्यवस्थापक अधिकारीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय