२२ कात्तिक २०८३, आईतवार

किसानलाई सहकारीमा आवद्ध गराउन सरकारको यस्तो कार्यक्रम, जसका लागि २६ करोड विनियोजन !

२०७३ असोज १२, बुधबार
किसानलाई सहकारीमा आवद्ध गराउन सरकारको यस्तो कार्यक्रम, जसका लागि २६ करोड विनियोजन !

agri

विश्वमा सहकारीका माध्यमले सामाजिक, आर्थिक रूपान्तरण भएका थुप्रै उदाहरण छन् । खासगरी व्यावसायिक खेती, दूध उत्पादन, प्रशोधन, सहकारी उद्योग, सहकारी बैंक एवम् वित्तीय परिचालनको योगदान अतुलनीय छ ।

छरिएर रहेको सबैखाले श्रम, साधन, स्रोत र सीपको एकीकरण गरी स्थानीय स्तरमा अधिकतम उपयोग गर्ने माध्यमको रूपमा सहकारीलाई लिइएको छ । श्रमलाई पुँजीमा रूपान्तरण गर्ने उत्कृष्ट माध्यम बनेको छ, सहकारी ।यतिमात्र नभई सहकारी सामाजिक, आर्थिक विकासको वैकल्पिक मोडल नभई उत्कृष्ट मोडलको समेत लिइएको छ ।

यि नै कुराहरुलाई मध्येनजर गर्दै रोमानिया सरकारले किसानहरुलाई सहकारीमा आवद्ध गराउने विभिन्न उपायहरु अपनाएका छन् । सरकारले किसानहरुलाई सहकारीमा आवद्ध गराउन उपयुक्त विकल्पको रुपमा चर्च लाई लिएको छ । सरकारले अर्थोडक्स चर्चसंग मिलेर सहकारी प्रवद्र्धनको काम सुरु गरेको छ ।

धेरै भन्दा धेरै किसान सहकारीमा आवद्ध गराउने र कृषि क्षेत्रलाई विकास गराउने उद्देश्यका साथ चर्च संग मिलेर काम गर्न लागेको हो । रोमानियका ग्रामिण भेगका मानिहरु चर्चमा अत्याधिक विश्वास राख्ने गर्दछ । चर्चका पादरीले किसानलाई सहकारीका बारेमा विभिन्न जानकारी गराउने छ ।  कार्यक्रमको लागि २६ करोड बजेट विनियोजन गरेको छ । यो रकम ५ वर्षको लागि विनियोजन गरेको हो । यो रकमबाट चर्चले प्रचार प्रसार गर्नेछ । रोमानियाको प्रधानमन्त्री डासियान किओलोसले सहकारी संस्थाहरु स्थापना गरेर किसानलाई बजारको अवसर प्रदान गर्ने बताएका छन् ।

यहाँको कुल जनसंख्यामा २५ प्रतिशत मानिस कृषि पेशामा आवद्ध रहेका छन् । जस मध्ये १ प्रतिशत किसान मात्र सहकारीमा आवद्ध छन् । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको ४ दशपलप ५ प्रतिशत योगदान रहेको छ ।

सहकारी स्थापना भएका कृषकको लागि पूर्वाधार निमार्ण र किसानहरुले लक्ष्य अनुसार उत्पादन गर्न सक्ने विश्वास सरकारले लिएको छ ।

एजेन्सीको सहयोगमा
प्रकाशित मिति : २०७३ असोज १२

अभिलेख

लोकप्रिय