कृषि सहकारीमा आकर्षण
सुर्खेत , २१ माघ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले सहकारी संस्थाहरुमार्फत् लगानी गर्न थालेपछि पछिल्लो समय सहकारी संस्था स्थापना हुने क्रम बढेको छ । सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्रदान हुने अनुदानका लागि सहकारी खोल्ने क्रम बढेको जानकारहरु बताउँछन् । बचत तथा ऋण भन्दा पनि कृषि सहकारी संस्था खुल्ने क्रम बढेको हो ।
सुर्खेतमा दर्ता भएका करिब साँढे पाँच सय सहकारी संस्थाहरुमध्ये दुई सय वटा कृषि सहकारी रहेका छन् । दर्ता भएका बहुउद्देश्यीय, बचत तथा अन्य सहकारीको तुलनामा कृषि सहकारी संख्या बढी रहेको डिभिजन सहकारी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको छ महिनामा दर्ता भएका ४२ सहकारी संस्थाहरुमध्ये ३२ वटा कृषि सहकारी छन् भने बाँकी अन्य सहकारी संस्था रहेका छन् । कार्यालयकी निमित्त प्रमुख निर्मला श्रेष्ठले अनुदानको कारण कृषि सहकारी संस्थाहरुके संख्यामा वृद्धि भएको बताइन् । ‘विभिन्न संघ–संस्थाहरुले अहिले सामूहिक कृषि कार्यक्रमलाई प्राथमिकतामा पारेका छन्’ श्रेष्ठले भनिन्, ‘अनुदानको कार्यक्रम प्राप्त गर्नको लागि पनि कृषि सहकारीमा सबैको आकर्षण बढेको छ ।’ कृषि विकास, पशु विकास र उच्च मूल्य कृषि वस्तु विकास आयोजना लगायतका संस्थाहरुबाट प्रदान गरिने अनुदानको कारण यस्ता सहकारीको संख्या ह्वात्तै बढेको पाइएको उनले बताइन् ।
जिल्लामा गठन भएका सहकारी संस्थामध्ये ५० प्रतिशत सहकारी संस्थाहरुले अनुदानमार्फत् कृषि कार्यक्रमहरु सञ्चालन गरेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयले मात्र वर्षेनी १५ वटासम्म सहकारी संस्थालाई कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु दिने गरेको वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले बताए । कार्यालयमार्फत् आउने कार्यक्रमहरुको लागि कृषि सहकारी नै प्राथमिकतामा पर्ने उनले बताए । ‘कृषकहरुलाई जाने कार्यक्रमले समूहलाई नै प्राथमिकतामा राखेको छ’ गिरीले भने, ‘पछिल्लो समय गाउँमा कृषि सहकारीको संख्या बढेको छ ।’ कृषि सहकारीले व्यावसायिक कृषि विकासलाई टेवा पु¥याएको उनले बताए । जिल्ला पशु विकास कार्यालयमार्फत् करिब १० वटा सहकारीलाई अनुदान दिएको कार्यालय प्रमुख जीवराज पौडेलले बताए । अनुदानको कार्यक्रम सहकारीमार्फत् सञ्तालन गर्दै आएको उनले बताए । सहकारी खेती कार्यक्रममार्फत् बंगुर पालन, बाख्रा पालन तथा कृत्रिम गर्भाधान लगायतका कार्यक्रम सञ्चालन गरिएको पौडेलले बताए । त्यसैगरी विभिन्न दुग्ध डेरीहरुमार्फत् पनि कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
कृषि तथा पशुको लागि आउने अनुदानको कार्यक्रमले केही मात्रामा व्यावसायिक कृषिको कार्यक्रमलाई टेवा पु-याए पनि यस्ता सहकारी संस्थाहरु सहकारी मर्मअनुसार सञ्चालन हुन नसकेको सहायक सहकारी निरीक्षक प्रकाश चपाईंले बताए । ‘अनुदानको लागि सहकारी दर्ता गर्छन्, अनुदानको कार्यक्रम सकिएपछि सहकारी संस्थाहरु निष्क्रिय हुने गरेको पाइएको छ, उनले भने– ‘सहकारीको उद्देश्य अनुरुप काम गर्ने सहकारीहरुलाई अहिले औँलामै गनेर सकिन्छ ।’ यसरी अनुदान मात्रै नभई सहकार्यको माध्यमबाट संस्थालाई अगाडि बढाइनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । यसरी सहकारी मर्म अनुरुप काम नगरेका सहकारीलाई खारेज गरिएको उनले बताए । पाँच पर्षको अवधिमा २८ सहकारी खारेज गरिएको डिभिजन कार्यालयको तथ्यांक रहेको छ । सहकारी ऐन २०४८ मा दुई वर्षसम्म वार्षिक लेखापरीक्षण, साधारणसभा नबुझाउने सहकारीलाई खारेजी गर्ने व्यवस्था गरेको छ । सहकारी ऐनअनुसार दुई वर्षसम्म लेखापरीक्षण नबुझाएका सहकारीको दर्ता खारेजी गर्ने व्यवस्था भए पनि कार्यालयले लामो समयसम्म निष्क्रिय रहेका सहकारीलाई मात्र खारेजी गर्न बाध्य भएको चपाईंले बताए । कार्यालयमा अहिलेसम्म नौ सय ९३ संस्थाहरु दर्ता भएका छन् । सहकारी संस्थाहरु बढ्दै गए पनि कार्यालयको भौतिक पूर्वाधार तथा जनशक्तिको अभावमा संस्थाको अनुगमन गर्न नसकिएको उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार